‘चिनियाँ दूतावासले कूटनीतिक मर्यादा नाघ्यो’

कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँ राजदूतावासले ‘द काठमान्डू पोस्ट’ मा प्रकाशित सामग्रीलाई लिएर मंगलबार जारी गरेको विज्ञप्तिप्रति नेपाली सञ्‍चार माध्यमका सम्पादकले ध्यानाकर्षण भएको जनाएका छन् । 

बुधबार विज्ञप्तिमार्फत विभिन्न सञ्चार माध्यमका सम्पादकले प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने र त्यसको खण्डन गर्ने अधिकार भए पनि सम्पादककै नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति आफूहरुको असहमति भएको स्पष्ट पारेका छन्।


काठमाण्डू पोस्टमा छापिएको समाचारप्रति नेपालस्थित चिनियाँ दूतावासले कूटनीतिक मर्यादा नाघ्दै विज्ञप्ति प्रकाशित गरेको भन्दै सम्पादकहरुले त्यसको भर्त्सना गरेका छन्। प्रकाशित : फाल्गुन ७, २०७६ १४:४१

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अस्ट्रेलियाको मेलबर्नमा दुई साना विमान ठोक्किए, ४ जनाको मृत्यु

रासस/एएफपी

मेलबोर्न — अस्ट्रेलियाको मेलबर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना विमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ । प्रहरीले दुबै विमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई विमान म्यान्गालोर सहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए । 

दुबै विमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्।

प्रकाशित : फाल्गुन ७, २०७६ १४:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×