१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना 

रासस

काठमाडौँ — पश्चिमी न्यून चापीय वायुको प्रभावले बुधबार देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ । 

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना 

मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन । सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने उनले बताइन ।


केही दिनयता लागेको तुवाँलो पश्चिमी वायुको सक्रियतापछि हटेर जाने उनको भनाइ छ । 'शनिबारबाट उक्त तुवाँलो विस्तारै हट्दै जाने छ', मौसमविद् नगरकोटीले भनिन ।


बिहीबार र शुक्रबार पनि देशभर सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ९ डिग्री र अधिकतम तापक्रम २२ दशमलव २ डिग्री सेल्सियस छ ।

प्रकाशित : फाल्गुन ७, २०७६ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?