कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सेनाको रिहर्सलले काठमाडौंको आकाशमा ‘एयर ट्राफिक’

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको पश्चिमी आकाशमा नेपाली सेनाका हेलिकप्टरले पूर्वाभ्यास (रिहर्सल) गरेका कारण केही बेरदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरु अवतरण हुन सकेका छैनन् ।

सेनाको रिहर्सलले काठमाडौंको आकाशमा ‘एयर ट्राफिक’

प्रजातन्त्र दिवसका कार्यक्रमको अवसरमा नेपाली सेनाका केही हेलिकप्टरले काठमाडौंको आकाशमा रिहर्सल गरेका कारण विमान अवतरण हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । सेनाको रिहर्सलका बारेमा पहिले नै जानकारी दिइएको भए पनि केही विमानहरु सिमराको आकाशमा होल्ड भएका छन् ।

त्यस्तै आन्‍तरिक उडानहरु पनि प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्‍ने तयारीमा रहेका विमान पनि सम्बन्धित विमानस्थलमा नै होल्ड भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देव चन्द्र लाल कर्णले यसअघि नै स्वदेशी तथा विदेशी एयरलाइन्सलाई नोटिस टु एयरम्यान(नोटाम) जारी गरेको जानकारी दिए । उनका अनुसार कमजोर भिजिबिलिटी र सेनाको रिहर्सलका कारण विमान अवतरणमा केही समस्या भएको हो ।

प्रकाशित : फाल्गुन ६, २०७६ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?