इन्जिनियरविरुद्ध ४ करोड भ्रष्टाचारको मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — सडक विभागका इन्जिनियर जितेन्द्रकुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

इन्जिनियरविरुद्ध ४ करोड भ्रष्टाचारको मुद्दा

अख्तियारले चौधरीविरुद्ध ३ करोड ९९ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगाएको हो । उनी डिभिजन सडक कार्यालय मोरङका प्रमुख थिए ।


चौधरीले भ्रष्टाचार गरेको सम्पत्ति लुकाउन सहयोग गरेका भन्दै श्रीमती किरण र छोरा अभिषेकलाई पनि मुद्दा दायर गरेको छ ।

प्रकाशित : फाल्गुन ५, २०७६ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?