२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

‘सरकार ढाल्ने षड्यन्त्र’ भएकै हो त ?

बबिता शर्मा

काठमाडौँ — सरकारका दुई वर्षे कार्यकालका उपलब्धि सुनाएको अर्को दिन गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक ‘सरकार ढाल्ने षड्यन्त्र’ भएको अभिव्यक्ति दिए । ओली आफैंले फागुन ३ गते संसद्‍मा ‘बलियो जगमा बनेको’ सरकारले धेरै राम्रा काम गरेको भन्दै आगामी तीन वर्षको मार्गचित्र पनि पस्केका थिए । तर, २४ घण्टामै उनले सरकार ढाल्ने षड्यन्त्र भइरहेको अभिव्यक्ति दिए ।

‘सरकार ढाल्ने षड्यन्त्र’ भएकै हो त ?

बलियो सरकार रहेको र कसैले हल्लाउन नसक्ने बताएको भोलिपल्ट ओलीको यस्तो अभिव्यक्ति आउनु राजनीतिक प्रचारमात्रै हो कि साच्चै भित्रभित्रै सरकार ढाल्ने षड्यन्त्रपनिभएको छ भनेर प्रश्न उठेको छ । उनको इसारा विभिन्न शक्ति केन्द्रहरू सरकार ढाल्ने षड्यन्त्रमा लागेको भन्ने छ । तर, प्रधानमन्त्रीओलीले सरकार ढाल्ने षड्यन्त्रमा लाग्नेबारे चाहिँ प्रस्टरूपमा भनेनन् ।

आइतबार गृहनगर दमकमा सडक तथा पुलको उद्घाटन र शिलान्यास कार्यक्रममाप्रधानमन्त्री ओलीको भनाइ थियो, ‘तपाईंहरूलाई लाग्ला, सरकारसँगबलियो बहुमत छ । बहुमत भए पनि फर्कीफर्कीकन उनीहरू योसरकारलाई असफल पार्ने, ढाल्ने, बदनाम गर्ने षड्यन्त्रमा लागिरहेका छन् । म भन्न चाहन्छुअरू कसैले हाइन,कुनैशक्तिले होइन, हामीलाई सरकारमा पुर्‍याइदिएको, हाम्रो सरकार बनाइदिएको तपाईंहरूले हो । जनताले हो । जबसम्मतपाईंहरूको आशीर्वाद रहन्छ, साथ शूभेच्छा र शुभकामनारहन्छ, तबसम्म सरकारलाई कसैले हल्लाउनसक्दैन । डगमगाउन पनि सक्दैन । हामी अगाडि बढ्यौं, बढ्यौं।

साँच्चै प्रधानमन्त्रीले भनेजस्तै कहींकतैबाट सरकारढाल्ने षड्यन्त्रभएको राजनीतिक परिदृश्यर घटनाक्रमहरू देखिन्छन् त ?

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘म त्यो सम्भावना देख्दिनँ । कसले ढाल्ने सरकार ? शेरबहादुरदेउवाले ढालेर ढल्दैन । उहाँको आफ्नै पार्टीमा प्रचण्ड र माधव नेपाललगायत सबै मिलेभनेचाहिँ होला । त्यही असुरक्षाकोभावले आएको अभिव्यक्ति हो ।पार्टीभित्र अल्पमतमा पर्नु भएको छ । त्यसको पीडा पनि होला ।

यसअघि गत मंसिर ४ मा पार्टीभित्र निर्णय गरेर नेकपाले ओली नेतृत्वको सरकारकोपाँच वर्षे कार्यकाल सुनिश्चत गरेको थियो । उक्त निर्णयअनुसार ओलीले पाँच वर्षसरकार चलाउने र अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अधिकारसहित पार्टीचलाउने निर्णय गरेको थियो ।

अध्यक्ष केपी शर्मा ओलीप्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष पुष्पकमल दाहालकार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने । बैठक संयुक्त अध्यक्षतामासञ्चालन गर्ने । आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन पुष्पकमल दाहालले गर्ने,’ निर्णयमा उल्लेख छ । यो निर्णयसँगै ओलीदाहालबीच आधाआधा कार्यकाल सरकार चलाउने अनौपचारिक सहमतिकोऔचित्य सकिएको थियो ।

सरकारको कार्यकाल दुई वर्ष पुगेलगत्तै ओली नेतृत्वको सरकारविरुद्ध संघीयसंसद्‍मा अविश्वासको प्रस्ताव पेस गर्न सकिने संवैधानिक बाटो खुलेको समाचारहरू प्रकाशित भएका थिए । यस्ता समाचार आएलगत्तै प्रधानमन्त्री ओलीले सरकार ढाल्ने षड्यन्त्रअभिव्यक्तिदिएका हुन् । ओलीनिकट एक नेता भन्छन्,‘सरकारलेधेरै राम्रा काम गरेको छ । परिर्वतन विरोधीलाई यो मन परेको छैन । त्यसकारण उपयुक्त समयमासरकार बदलेर देशलाई फेरि एकपटक अस्थिरतातर्फ लैजान पाए हुन्थ्यो भन्ने कोसिस भएकाछन् ।तर, प्रधानमन्त्री ओलीले जस्तै यी नेताले पनि सरकार ढाल्नेषड्यन्त्रमा कोको लागेका छन् भन्नेचाहिँ खुलाएनन् ।

संविधानको धारा १०० (४) मा सरकार गठन भएको दुई वर्षपछि मात्र अविश्वासप्रस्ताव पेस गर्न पाइने व्यवस्था छ । ओली २०७४ फागुन ३ मा प्रधानमन्त्री नियुक्तभएका थिए । अविश्वासको प्रस्ताव दर्ता गर्ने संवैधानिक बाटो शनिबार खुले पनि ओलीकोदल नेकपाको प्रतिनिधिसभामा स्पष्ट बहुमत रहेकाले अहिले त्यस्तो प्रस्ताव आउनेसम्भावना छैन । प्रमुख प्रतिपक्षी कांग्रेससँग अविश्वासको प्रस्ताव दर्ता गर्नआवश्यक संख्यासमेत संसद्‍मा छैन ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, ‘प्रधानमन्त्रीसँगकेही सूचना भएर नै बोल्नु भएको होला । तर, प्रमुखप्रतिपक्षी अविश्वासको प्रस्ताव ल्याउन पाउने संवैधानिक प्रावधान बमोजिमको तयारीमाछैन । हामीसँग त्यसका लागि पर्याप्त गणित पनि छैन । उहाँको घरायसी कुरा केही छ भनेत्यो हामी जान्दैनौं । तर, प्रधानमन्त्रीकोअभिव्यक्तिको अभिप्रायः कति वस्तुगत छ,कतित्रासको मनोविज्ञानमा छ भन्ने कुराचाहिँ विश्लेषणकोविषय भयो । तर, उहाँलाई मनको बाघले खाँदै छ ।

प्रकाशित : फाल्गुन ५, २०७६ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?