कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

तुम्बाहाङ्फेले लिइन् कानुनमन्त्रीको शपथ, सम्हालिन् पदभार

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा सोमबार शपथ ग्रहण गरेकी छन् । तुम्बाहाङ्फेलाई सोमबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

तुम्बाहाङ्फेले लिइन् कानुनमन्त्रीको शपथ, सम्हालिन् पदभार

यसअघि उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानुनमन्त्रीको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दिइएको थियो ।

नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले सोमबार नै सिंहदरबारस्थित मन्त्रालयमा पुगी पदभार समेत ग्रहण गरिसकेकी छन् ।

अग्‍नि सापकोटालाई सभामुख बन्ने बाटो खोलिदिनका लागि तुम्बाहाङ्फेले माघ ६ गते उपसभामुखबाट राजीनामा दिइएकी थिइन् । लामो समयसम्म प्रतिनिधि सभाको सर्वोच्च पद रिक्त हुने भन्दै उनले राजीनामा नदिने अडान राख्दै आएकी थिइन् ।

प्रकाशित : फाल्गुन ५, २०७६ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?