डिल्लीबजार कारागारबाट महरा रिहा

जयसिंह महरा

काठमाडौँ — पूर्व सभामुख कृष्णबहादुर महरा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएपछि उनी सोमबार नै डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् । 

डिल्लीबजार कारागारबाट महरा रिहा

कारागार बाहिर महराको स्वागतमा उनका समर्थकहरुको भीड जम्मा भएको थियो । थुनामुक्त भएपछि महराले कुनै प्रतिक्रिया दिएनन् ।


सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्‍ने भन्दै सफाइ दिएको हो ।


पूर्वसभामुख महराले आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए।


जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते निवर्तमान सभामुख महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रकाशित : फाल्गुन ५, २०७६ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?