२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

जनकपुरमा महिलाको सामूहिक बलात्कार, दुईजना पक्राउ

सन्तोष सिंह

धनुषा — जनकपुरको विश्वकर्मा चोकमा रहेको घरमा एक महिलाको सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोक झाका अनुसार जनकपुरधाम उपमहानगरपालिका डेरामा बस्दै आएकी ४० वर्षीया महिलाको बलात्कार भएको हो ।

जनकपुरमा महिलाको सामूहिक बलात्कार, दुईजना पक्राउ

बलात्कारको आरोपमा २ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक झाले जानकारी दिए । पक्राउ पर्नेमा महोत्तरी औरहीका २५ वर्षीय नरेश महतो र भारत मधुवनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्र साह रहेका छन् । पीडित महिला र पक्राउ परेका दुवैजनाको मेडिकल जाँचका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।


प्रहरीका अनुसार महिलालाई कुनै बहानामा घरमा बोलाइ आरोपीहरुले सामूहिक बलात्कार गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बलात्कारमा संलग्न अन्यको खोजि भइरहेको छ ।


प्रकाशित : फाल्गुन ५, २०७६ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?