पौडेलका हत्या आरोपित प्रहरी फिर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरी प्रधान कार्यालयले नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलका हत्या आरोपी तीन प्रहरीलाई फिर्ता बोलाएको छ । मुठभेडका नाममा पौडेललाई पक्राउ गरेर मारेको आरोप लागेका प्रहरी निरीक्षक कृष्णदेव (केडी) साह तथा हवल्दारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रलाई प्रहरी प्रधान कार्यालयमै फिर्ता गरिएको हो ।

उनीहरूसँगै २ नम्बरमा घुमुवाका रूपमा खटिएका अन्य पाँच जनालाई पनि फिर्ता बोलाइएको प्रहरी स्रोतले जानकारी दियो । संघीय प्रहरी इकाई कार्यालय धनुषाले उनीहरूसँग भएका पेस्तोललगायतका हतियार पनि फिर्ता लिएको छ ।


तत्कालीन आईजीपी सर्वेन्द्र खनालले विशेष ब्युरोमा काज दरबन्दी कायम गरेर उनीहरूलाई प्रदेश २ अन्तर्गतका आठवटा जिल्लामा खटाएका थिए । उनीहरूबाटै गत असार ५ मा चन्द समूहका सर्लाही इन्चार्ज पौडेल सर्लाहीमै मारिएका थिए ।


दोहोरो मुठभेडमा पौडेल मारिएको दाबी गरिए पनि राष्ट्रिय मानवअधिकार आयोगले गत मंसिर ३ मा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै घटना मुठभेडबाट नभई हत्या गरिएको जनाएको थियो ।


‘माघ २९ गते नै केडी साहसहित आठ जना घुमुवा टोलीलाई प्रदेश २ बाट फिर्ता बोलाइएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘जुन आरोप लागेको छ, त्यस्ता प्रहरीलाई कार्यक्षेत्रमै राखिँदा राम्रो सन्देश नजाने देखेर फिर्ता गरेका हौं ।’


यो पनि पढ्नुहोस्ः

‘पौडेल हत्या आरोपित तीन प्रहरीमाथि अनुसन्धान गर्नू’ प्रकाशित : फाल्गुन ४, २०७६ २०:४७

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

लेलेको सामुदायिक वनमा महिलाको शव भेटियो 

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुरको लेलेस्थित सामुदायिक वनमा ४० वर्षीया एक महिलाको शव अर्ध नग्न अवस्थामा आइतबार भेटिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार ती महिलाको हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

शव पोष्टमार्टमका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। शवकाे नाम र ठेगाना पत्ता लागिनसकेकाे राईले जानकारी दिए।

प्रकाशित : फाल्गुन ४, २०७६ २०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×