कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इस्लामिक सम्मेलनका दुई सहभागीको मृत्यु

अवधेशकुमार झा

सप्तरी — मुस्लिम समुदायको धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी हुन आएका दुई सहभागीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । शनिबारदेखि सुरु भएको सम्मेलनमा करिब अढाइ लाख सहभागी छन् । 

इस्लामिक सम्मेलनका दुई सहभागीको मृत्यु

शनिबार साँझ सम्मेलनस्थलमा बेहोस भएका एक जना भारतीय र बिरामी भएर घर फर्कदै गरेका एक नेपाली नागरिकको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी तीलक भारतीले बताए ।


भारत मोतिहारी जिल्लाका ७४ वर्षीय हारु रसिदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृत्यु कालगतीले भएकाले शव परिवारको जिम्मा लगाइ सकिएको प्रहरीले जानकारी दिएकाे छ । हारुनको शनिबार बेलुका ६ बजे निधन भएको थियो ।

प्रकाशित : फाल्गुन ४, २०७६ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?