२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

राजश्व अनुसन्धानद्वारा बाबा फ्लोर मिलमा छापा

करोडाैं राजश्व ठगी गरेको आशंका, ७० प्रतिशतभन्दा बढी सामान बिलबिनै बेचेको आरोप
उत्पादन परिमाण र बिक्रीमा मेल खाएन
कान्तिपुर संवाददाता

विराटनगर — काठमाडौंबाट आएको राजश्व अनुसन्धान विभागको टोलीले उद्योगी सुरेश राठीको सुनसरी खनारस्थित बाबा फलोर मिल र विराटनगरमा रहेको कार्यालयमा छापा मारेर कागज पत्र नियन्त्रणमा लिएको छ ।

उद्योगको उत्पादन र बिक्रीको परिमाणमा मेल नखाएको र उत्पादितमध्ये ७० प्रतिशतभन्दा बढी समान भिटिएस बिलबिना बिक्री गरेको आशंकामा अनुसन्धान विभागले छापा मारेको स्रोतको दाबी छ । उद्योगले उत्पादित वस्तुमध्ये करिब ३० प्रतिशत मात्र भिसिटिएसमार्फत बिक्री गरेको र ७० प्रतिशत सामान नक्कली बिलमार्फत बिक्री गरेको पाइएपछि विभागले कारबाही गरेको हो ।

स्रोतका अनुसार उद्योगले आफनो उत्पादन नारायणघाटसम्म पुर्‍याउँदा बाटोमा नक्कली बिलमा सामान बिक्री गरेको राजश्व विभागको आशंका छ । ‘उद्योगको उत्पादन र बिक्री मिल्दै मिल्दैन’ स्रोतले भन्यो, ‘उद्योगको उत्पादन सय छ तर बिक्री भने आधा पनि देखिँदैन ।’


अढाई दशकदेखि सञ्चालन हुँदै आएको यो उद्योगले नक्कली बिलमार्फत करोडौं राजश्व ठगी गरेको आशंका विभागको छ । राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार उद्योगले उत्पादन गरेको वस्तुको स्टक र कागजपत्र नमिलाई ठूलो परिणाममा राजश्व ठगी गरेको आशंकामा छापा मारेर कागज पत्र लिइएको हो । टोलीले उद्योगका म्यानेजर गिरधारी अग्रवालको घरमा पनि छापा मारेर कागज पत्र लिएको छ ।


उद्योगका म्यानेजर अग्रवालले उद्योगका प्राय नक्कली बिल, स्टीमेड बिल र रेकर्ड आफनो घरमै राख्दै आएका थिए । टोलीले अग्रवालको घरबाट तीन बोरा त्यस्ता काजगपत्र जफत गरेको छ । स्रोतका अनुसार राजश्व अनुसन्धान विभागको इटहरी शाखाले छापा मार्न अटेर गरेपछि काठमाडौंको टोली आएर छापा मारेको हो । इटहरी राजश्व इकाई प्रमुख वेद फुँयालले केन्द्रको टोलीले छापा मारेर कागज पत्र उतै लगेको स्वीकारे ।


उद्योगी राठीले विभागको टोलीले उद्योगको स्टक रजिष्टर र कागजपत्र लगेको स्वीकारेका छन् । ‘अलिअलि फल्ट थियो होला, त्यस्तो सबैकोमा हुन्छ नै,’ राठीले भने, ‘त्यसैका अधारमा विभागले छापा मारेर कागजपत्र लगेको हो ।’


उनले म्यानेजर अग्रवालको घरमा पनि उद्योगको कागज पत्र रहने गरेको र अग्रवालले उद्योगका अधिकांश काम घरबाटै गर्ने गरेको पनि स्वीकारे ।

प्रकाशित : फाल्गुन ३, २०७६ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?