प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजनाले नेपाली अर्थतन्त्रको तस्बिर बदलिदिने दाबी गरेका छन् ।संघीय संसद् प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा शनिबार उनले एमसीसीले नेपालको अर्थतन्त्र र ऊर्जा उपयोगको तस्बिर बदलिदिने दाबी गरेका हुन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौताले नेपालको सडक र ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने कार्यक्रम अगाडि सारेको छ। सम्झौतामा रहेका कतिपय व्यवस्थालाई लिएर नेकपाभित्र विवाद रहेका बेला ओलीले संसद्‍मा यस्तो अभिव्यक्ति दिएका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारको दुई वर्षका उपलब्धि र आगामी योजनाबारे चर्चा गरेका थिए ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा प्रतिपक्षी दल कांग्रेसप्रति पनि प्रहार गर्न भ्याए । चुनावका बेला कांग्रेसका नेताले नेकपाको सरकार बन्यो भने हाँस्न र रुन पनि नपाइने भन्दै भोट मागेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई जनताले कति पत्याए भनेर प्रश्‍न गरे ।

उनले मुलुकभर जम्मा डेढ दर्जन मात्रै तुइन बाँकी रहेको उल्लेख गर्दै भने, 'मैले सबै जिल्लाहरु तुइनमुक्त भए भनिरहन आवश्यक देख्‍न छाडेको छु । ‘भएनन्, भएको छैन, होइन’ जस्ता नकारात्मक बहसमा रुचि राख्नेहरुलाई पनि स्थान नहोस् भन्नका लागि यत्तिचाहिँ उल्लेख गर्न चाहन्छु, निर्माणाधीन र निर्माणको प्रक्रियामा रहेका तुइनको संख्या अब मुलुकभर डेढ दर्जन पनि बाँकी छैन ।'

सम्बन्धित समाचार :

एमसीसी परियोजनाले नेपाली अर्थतन्त्रको तस्बिर बदल्ने निश्‍चित : प्रधानमन्त्री

सरकारको दोस्रो वर्ष विकास आरम्भको हो : प्रधानमन्त्री


संसद्‍मा प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको पूर्णपाठ

प्रकाशित : फाल्गुन ३, २०७६ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?