पूर्वसेनापति क्षत्रीको सम्पत्ति छानबिन गर्न संसदीय समितिले निर्देशन दिने

रक्षामन्त्री र प्रधानसेनापतिलाई समितिमा बोलाउने
कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको सम्पत्ति छानबिन गर्न राज्यव्यवस्था तथा सुशासन समितिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन दिने भएको छ । सांसदहरूबीच पूर्वसेनापति क्षत्रीविरुद्ध परेको उजुरी सम्पत्ति शुद्धिकरण विभागमा पठाउने सहमति भएको सांसद रेखा शर्माले बताइन् ।

पूर्वसेनापति क्षत्रीको सम्पत्ति छानबिन गर्न संसदीय समितिले निर्देशन दिने

क्षत्रीले प्रधानसेनापति हुँदा अकुत सम्पत्ति आर्जन गरेको र भ्रष्टाचारगरेको भन्दै राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको थियो । नेपाली सेनामाकार्यरत व्यक्तिहरूले संसदीय समितिमा क्षत्रीविरुद्ध भाद्र महिनामा उजुरी दिएकाथिए । त्यो र अन्य उजुरीहरूमाथि राज्यव्यवस्था तथा सुशासन समितिका सदस्य रेखाशर्मा, नवराज सिलवाल रदिलेन्द्रप्रसाद बडूले छानबिन गरेर बिहीबार प्रतिवेदन बुझाएका थिए ।

शुक्रबार बसेको समितिको बैठकले क्षत्रीविरुद्धको उजुरी ती दुई निकायमापठाउने निर्णय भएको सांसद शर्माले बताइन् । 'पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीविरुद्ध परेकोउजुरी छानबिन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोगअनुसन्धान आयोगलाई पठाउने भन्ने कुरामा सहमति भयो,' उनले भनिन् । अख्तियारले सेनामा भएका अनियमितताकोछानबिन नगर्ने भएकाले पूर्व पदाधिकारी भएको नाताले हेर्नसक्ने शर्माको भनाइ थियो ।

सांसद अमरेशकुमार सिंहले सेनामा भएको अनियमिताको विषय अख्तियारलाई हेर्न नमिल्नेबताए । उनले अख्तियार सम्बन्धी नयाँ बन्ने ऐनमा सर्वोच्च अदालत र सेनामा हुनेअनियमितालाई पनि हेर्ने व्यवस्था राख्नुपर्ने विषयमा सांसदहरूबीच छलफल भएको बताए । 'नयाँ बन्ने अख्तियारसम्बन्धीऐनमा पूर्वसेनापति र पूर्वन्यायाधीशको भ्रष्टाचारको विषयलाई अख्तियारले हेर्नेव्यवस्था राख्ने भन्नेबारे सांसदहरूबीच छलफल भएको छ,' क्षत्रीविरुद्ध उजुरीका आधारमा भने सम्पत्तिसुद्धिकरण अनुसन्धान विभागले हेर्नसक्ने उनको भनाइ थियो । समितिमा भएको छलफललाईउल्लेख गर्दै उनले भने, 'उनले आर्जन गरेको सम्पत्ति वैद्ध हो कि होइन, ट्याक्स तिरेको छ कि छैन र सम्पत्तिकोस्रोत के हो भनेर सोध्नसक्छ ।'

रक्षामन्त्री र प्रधानसेनापतिलाई समितिले बोलाउने

नेपाली सेनाको नियमावलीलाई गलत ढंगले व्याख्या गरेको विषयमा पनि समितिमाउजुरी परेपछि राज्यव्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा रक्षामन्त्री ईश्वरपोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापालाई पनि बोलाउने भएको छ ।

सैनिक हवाई सेवा र लेखा समूहको बढुवा तथा वृत्तिविकासको लागि जारी भएकोविविध सेवा नियमावलीको शैक्षिक योग्यताको मापदण्डलाई नेपाली सेनाका उच्च अधिकारीलेआफूखुसी व्याख्या गर्दा सैनिक कर्मचारीलाई अन्याय भएको भनेर परेको उजुरीबारे छलफलगर्न पोखरेल र थापालाई बोलाइन लागेको शर्माले बताइन् । 'नीतिगत विषयमा उजुरी परेकोभएकाले रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाउने कुरा भएको हो,' उनले भनिन् ।

नेपाली सेनालाई अख्तियार मातहत राख्ने कि नराख्ने भन्नेबारे पनिरक्षामन्त्री र प्रधानसेनापतिसँग पनि छलफल गर्ने समितिको तयारी छ । त्यस्तै, उनीहरूसँग पूर्वसेनापतिक्षतिको सम्पत्तिबारे पनि छलफल हुने सम्भावना रहेको एक सांसदले बताए ।

प्रकाशित : फाल्गुन २, २०७६ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?