कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नाफा लैजान पाइँदैन भनेपछि विदेशी लगानी आउँदैन : दाहाल

हरिहरसिंह राठौर

धादिङ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा गरेको लगानीबाट नाफा गरेर आफ्नो देशमा लैजाने वातावरण भए मात्रै वैदेशिक लगानीकर्ता आउने बताएका छन् । पहिले स्वागत गर्ने लगानीको प्रतिफल लैजाने बेला तर्साउने विधिले वैदेशिक लगानी स्वतः घटने दाहालले बताए । 

नाफा लैजान पाइँदैन भनेपछि विदेशी लगानी आउँदैन : दाहाल

धादिङ उद्योग वाणिज्य संघले सदरमुकाममा आयोजना गरेको सातौं धादिङ उद्योग तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै दाहालले नेकपा सपना पनि देख्ने अरुलाई पनि सपना देखाउने र सपना पूरा पनि गर्ने कुरामा अडिग रहेको बताए।


धादिङ र छिमेकी गोरखा जिल्लाको आर्थिक समृद्धिमा ठूलो योगदान पुर्‍याउन सक्ने प्रस्तावित बुढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण अन्तिम चरणमा रहेको र अब डुबानबाट पिडित हुने घरपरिवारलाई पुनर्वास तथा पुर्नस्थापना प्रक्रिया अगाडि बढाई आयोजनाको निर्माण प्रक्रिया अघि जाने कुरामा ढुक्क हुन समेत उनले आग्रह गरे ।

तिब्बतबाट रेल आउने कुरामा विभिन्न चरणका कुरामा चीन सरकारसँग पटक पटकको वार्ता र सम्झौता अनुसार भनेकै समयमा रेल नआए पनि आगामी १० वर्ष भित्रै नेपाल विकासको नमुना र मूल्यांकन गर्न लायक र अरु देशसँग तुलना गर्न लायक भइसक्ने दाहाले बताए ।


उनले केरुङबाट गल्छी हुँदै भारतको ठोरीसम्मको त्रिदेशीय मार्ग पनि सम्पन्न हुने चरण भइसकेको र तिब्बतबाट रेल काठमाडौं, धादिङ, पोखरा हुँदै लुम्बिनी लैजानै रणनीति अगाडि बढी सकेको बताए ।


महोत्सव उद्घाटनका क्रममा आएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य मीन विश्वकर्माले खुला अर्थतन्त्र लागु गरेको देशमा ठूला उद्योगपतिहरुलाई वर्तमान सरकारले तर्साएर लगानीमैत्री वातावरण बिथोल्न लागेको, पार्टी निकट भ्रष्टाचारीहरुलाई जोगाउने र इतरपक्षका उद्योगपतीहरुलाई मुद्दा लगाएर तर्साउने उद्दत रहेको बताए ।

प्रकाशित : फाल्गुन २, २०७६ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?