कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धनुषा बम विस्फोटका एक आराेपी पक्राउ

सन्तोष सिंह

धनुषा — धनुषाको महेन्द्रनगरमा प्रहरी निरिक्षकसहित ३ जनाको ज्यान जाने गरी बम विस्फाेट गराउने घटनाका मुख्य आरोपीमध्येका १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

धनुषा बम विस्फोटका एक आराेपी पक्राउ
इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरीले सुरुंगा नगरपालिका–६ श्रीपुरबाट नेत्रविक्रम चन्द समूहका प्रदेश–२ ब्युरो सदस्य इन्दलप्रसाद साह कानुलाई पक्राउ गरेकाे हाे।


धनुषाको धनुषाधाम नगरपालिका–६ नाैै सय बिगहा निवासी ३४ वर्षीय साह केही महिनाअघि प्रहरी निरीक्षक अमिर दाहालसहित ३ जनाको मृत्यु हुनेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटका योजनाकार समेत रहेको प्रहरीले बताएकाे छ ।


साहविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, विस्फाेटक पदार्थ तथा संगठित अपराध मुद्दा दर्ता भएकोले उनलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

प्रकाशित : फाल्गुन १, २०७६ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?