कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

जिल्ला प्रशासन कार्यालयमा दुर्गा प्रसाईंको सुटुक्क बयानपछि साधारण तारेखमा रिहाई

लिला श्रेष्ठ

भक्तपुर — जिल्ला प्रशासन कार्यालय भक्तपुरले बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंलाई साधारण तारेखमा छोडेको छ । प्रशासन कार्यालयले माघ २ गते अभद्र व्यवहार गरेको उजुरीमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा दुर्गा प्रसाईंको सुटुक्क बयानपछि साधारण तारेखमा रिहाई

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख सविन प्रधानका अनुसार प्रहरीले आइतबार जिल्ला सरकारी वकिललाई प्रसाईंविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेको थियो ।


एसपी प्रधानका अनुसार प्रसाईंले मंगलबार प्रशासन कार्यालयमा गएर बयान दिएका थिए ।


भक्तपुरका साहयक सीडीओ दीलिप लामिछानेले प्रसाईंको बयान पछि उनलाई साधारण तारेखमा छोड्ने आदेश दिइएको पुष्टि गरे ।

प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उजुरी दिएका थिए ।

यो पनि पढ्नुहोस् :


प्रकाशित : फाल्गुन १, २०७६ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?