२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जनतालाई सुसूचित गर्न सामुदायिक रेडियोको भूमिका महत्‍वपूर्ण : खनाल

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्‍ना हक अधिकारका विषयमा जनतालाई सुसूचित गर्न सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । नवौं विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रममा खनालले सूचनाको हक, समानताको हक, लोकतान्त्रिक हकको सर्न्दभमा व्यापक प्रचारप्रसार गरी जनतालाई सुसूचित बनाउन रेडियाले भूमिका खेलेको बताएका हुन् ।

जनतालाई सुसूचित गर्न सामुदायिक रेडियोको भूमिका महत्‍वपूर्ण : खनाल

प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि आफूले निर्वाह गर्नुपर्ने भूमिकाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै नेकपाका वरिष्ठ नेतासमेत खनालले राष्ट्रियताको सवालमा देशभक्तिको भावना विकास गर्न पनि सामुदायिक रेडियो भूमिका महत्वपूर्ण हुने बताए ।


खनालले नेपालका संविधानले सम्पूर्ण नेपालका लागि आवश्यक हक अधिकार सुनिश्चित गरेको, देश, जनता,

सभ्यता, संस्कृति, स्रोत साधनप्रति माया गर्न सिकाएको र परिवर्तनका सबै ढोकाहरु खोलेको उल्लेख गरे ।


त्यस्तै नेपाली कांग्रेसकी सांसद् पुष्पा भूसालले महिला, दलित जनजाति, पिछडिएका समुदायका अधिकार संविधानमा उल्लेख भए पनि व्यवहारमा लागु हुन नसकेको बताइन् । संविधानले दिएका अधिकारहरुको स्थापनाका लागि सामुदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण हुने उनले बताइन् ।


सामुदायिक रेडियो प्रसारक संघले विश्व रेडियो दिवसका अवसरमा ‘रेडियो र विविधता’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको थियो । ’

प्रकाशित : फाल्गुन १, २०७६ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?