२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पसल फोडेर ११५ तोला सुन लुट्ने ३ भारतीय सतुंगलबाट पक्राउ

स्वरूप आचार्य

काठमाडौँ — ललितपुरको श्रीबहाल, मंगलबजारमा रहेको सुन पसल फोडेर चोरी गर्ने ३ जना भारतीय नागरिकलाई प्रहरीले काठमाडौंको सतुंगल र कालीमाटी क्षेत्रबाट पक्राउ गरेको छ ।

पसल फोडेर ११५ तोला सुन लुट्ने ३ भारतीय सतुंगलबाट पक्राउ

महानगरीय प्रहरी प्रभाग पुल्चाेक र महनगरीय प्रहरी अपराध महाशाखा ललितपुर शाखाकाे संयुक्त टाेलीले पक्राउ गरेका भारतीयबाट ११५ ताेला सुन र २५० तोला चाँदी बरामद गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्ताेष तामाङका अनुसार ११२ ताेला सुन पिडितले सनाखत गरिसकेका छन् ।

परिसर प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार पक्राउ परेकाहरुले २१ गते राति मंगलबजारमा रहेको सुन पसल फोडेर त्यहाँ रहेको सेफ लिएर फरार भएका थिए । पक्राउ परेका भारतीयहरुले चोरी गरेको सेफ फोडेर सुन चाँदी झिकी सेफ भने वाग्मतीमा फालेको बयान दिएका छन् ।

प्रकाशित : माघ २९, २०७६ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?