कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

व्यवस्थासँगै शैली परिवर्तन नहुँदा काम गर्न सकिएन : मुख्यमन्त्री पौडेल

हेटौंडा — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले सोचेअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । प्रदेश सरकारले आन्तरिक तथा विभिन्न समस्याका कारण सोचेअनुसार प्रगति गर्न नसकिएको उनले बताएका हुन् ।

व्यवस्थासँगै शैली परिवर्तन नहुँदा काम गर्न सकिएन : मुख्यमन्त्री पौडेल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं वार्षिकोत्सव कार्यक्रममा हेटौंडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले व्यवस्था परिवर्तन भएपनि काम गर्ने शैलीमा कुनै परिवर्तन नभएका कारण सोचेअनुसारको प्रगति गर्न नसकिएको बताए । सरकार दौडन खोजे पनि ब्रेक लागिरहेको र यसमा कसैको दोष नभएर हाम्रो काम गर्ने शैली भएको बताए । मैले कसैलाई दोष दिन खोजेको होइन । संस्कार बदाल्नलाई समय लाग्ने रहेछ । सयौं वर्षदेखि बसेको थितिलाई बदलेर नयाँ दिशामा अघि बढ्न खोज्दाखेरी एकैचोटी सम्भव हुँदो रहेनछ,’ पौडेलले भने, ‘सरकारले आफ्नो ठाउँबाट सक्ने जति काम गर्दा मात्रै पनि परिवर्तन सम्भव छ ।

स्थानीय तह अधिकार सम्पन्न भएता पनि आफ्नो ठाउँबाट प्रयाप्त काम गर्न नसकेको पौडेलको आरोप छ । अधिकार सम्पन्न स्थानीय सरकारले यसरी अघि बढ्नुपर्छ भनेर कसैले प्रशिक्षित नगराएकोले पनि काम हुन नसकेको उनको भनाइ थियो । जनप्रतिनिधिहरूले ठेकेदारी गर्दा बदनामी भइरहेको पनि उनको भनाइ थियो ।

अख्तियारको काम कारबाहीको प्रसंगमा पौडेलले कसैले अख्तियारमा उजुरी गर्दा विकास निर्माणको काम नै अलपत्र हुने गरेको भन्दै चिन्ता व्यक्त गरे । अख्तियारलाई अधिकार सम्पन्न बनाउनुपर्छ भन्ने कुरामा द्विविधा भएन तर, अख्तियारको कामले विकास निर्माणमा परिरहेको समस्या कसरी सुल्झाउने भन्नेबारे सोच्नुपर्छ,' उनले भने । भ्रष्टाचारलाई न्यूनीकरण गर्न सबैले आफ्नो दायित्व पुरा गर्नुपर्ने उनको भनाइ थियो ।

अख्तियार हेटौंडाका प्रमुख शिवकुमार कार्कीले कार्यालयको प्रगति विवरण प्रस्तुत गर्दै आगामी कार्यक्रमबारे बोलेका थिए । उनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा मात्र अख्तियारमा ८ सय ४१ वटा उजुरी परेका छन् ।

प्रकाशित : माघ २८, २०७६ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?