२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

यस्तो छ नवनियुक्त आईजीपी ज्ञवालीको पृष्ठभूमि र अंक २८ को संयोग

मातृका दाहाल

काठमाडौँ — नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा भएका डीआईजी ज्ञवाली संगठनमा इमान्दार र खरो स्वभावका अधिकृतका रुपमा चिनिन्छन् । २०२२ असोज २८ गते साविक वादीकोट गाविस–९, प्युठानमा जन्मिएका ज्ञवाली २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

यस्तो छ नवनियुक्त आईजीपी ज्ञवालीको पृष्ठभूमि र अंक २८ को संयोग

उनको पहिलो पोस्टिङ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा भएको थियो ।


बाबु नारायणप्रसाद ज्ञवाली र आमा सुमित्रा ज्ञवालीका माइला छोरा ठाकुर हालका आईजीपी सर्वेन्द्र खनालसँगै सेवा प्रवेश गरेपनि त्यसबेला केही अधिकृतलाई पासआउटमा वैकल्पिक समूहमा राखेपछि उनको नियुक्ति पर धकेलिएको थियो ।

हाइटी, पूर्वी टिमोर, कोसोभोलगायत संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका विभिन्न मिसनमा बसेर पनि सेवा गरेका ज्ञवाली आईजीपी हुनु अघि प्रदेश १ का प्रहरी प्रमुखका रुपमा कार्यरत थिए ।


२०५८, वैशाख १८ गते डीएसपी, २०६६ मंसिर ३ गते एसपी, २०७३ असार २८ गते एसएसपी र २०७५ असोज २८ मा उनी डीआईजीमा बढुवा भएका थिए । एसएसपी हुँदा प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय अनुसन्धान ब्यूरो र बुटवल प्रहरी तालीम केन्द्रको ‘कमाण्डेण्ट’ रहिसकेका ज्ञवाली एसपी हुँदा कर्मचारी प्रशासन शाखा जिल्ला प्रहरी कार्यालय झापा, दाङ र बारा, महानगरीय प्रहरी अपराध महाशाखा प्रहरी प्रमुख बनेका थिए ।


कुनै पनि आर्थिक विवादमा नआएका उनी सञ्चारमाध्यमसँग त्यति नखुल्ने अनुदार स्वभावको अधिकृतका रुपमा चिनिन्छन् । उनी माथी सानो घेरामा बसेर काम गर्ने आरोप पनि लाग्ने गरेको छ ।


उनका कान्छा भाइ श्यामलाल ज्ञवाली पनि प्रहरीमै एसएसपी छन् ।


२८ अंकको संयोग

नवनियुक्त महानिरीक्षक ज्ञवालीको अंक २८ सँग निकै ठूलो सम्बन्ध रहेको देखिन्छ । असोज २८ गते जन्मिएका उनी एसएसपीदेखि आईजीपी हुँदासम्म सबै २८ नै गते भएका छन् । उनी एसपीबाट एसएसपी २०७३ असार २८ गते भएका थिए भने एसएसपीबाट डीआईजीमा बढुवा २०७५ असोज २८ मै भएका थिए । यस्तै उनी आईजीबाट आईजीपी पनि २०७६ माघ २८ मै भएका छन् ।

प्रकाशित : माघ २८, २०७६ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?