कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

आईजीपीमा ज्ञवालीको नाम पेश गर्न प्रधानमन्त्री ओलीको निर्देशन

मातृका दाहाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रदेश १ का डीआईजी ठाकुर ज्ञवालीको नाम प्रस्ताव गरेर मन्त्रीपरिषदमा पेश गर्न निर्देशन दिएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा आईजीपीको टुंगो नलागेपछि प्रधानमन्त्री ओलीले मंगलबार बस्ने बैठकमा ज्ञवालीको नाम पेश गर्न गृहमन्त्री रामबहादुर थापा र मूख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका हुन् ।

आईजीपीमा ज्ञवालीको नाम पेश गर्न प्रधानमन्त्री ओलीको निर्देशन

'गृहमन्त्री थापा र मुुख्यसचिव रेग्मीलाई बोलाएर प्रधानमन्त्रीले आईजीपीमा ज्ञवालीको नाम मंगलबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्न निर्देशन दिनुभएको छ,’ बालुवाटारस्थित उच्च स्रोतले भने, ‘त्यही अनुसार प्रस्ताव तयार गरिने छ ।’


आईजीपी सर्वेन्द्र खनाल, ३ एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात तथा १८ डीआईजीहरु मंगलबारबाट एकैपटक अवकास प्राप्त गर्दै छन् । तर अवकशको अघिल्लो दिनसम्म सरकारले भावी आईजीपी को हुने भन्ने निर्णय गर्न सकेको छैन ।


मन्त्रीपरिषद् बैठकले सोमबार नै भावी आईजीपीमा ज्ञवाली वा सुदूरपश्चिम प्रदेशका डिआईजी तारिणीप्रसाद लम्सालमध्ये एकजनालाई चयन गर्ने आंकलन भइरहेको थियो । तर ३० वर्षे विवादपछि प्रधानमन्त्री ओलीले मंगलबार पुन: बैठक बस्ने भन्दै टुंग्याएका थिए । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै छ ।


प्रकाशित : माघ २७, २०७६ २३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?