१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको एयरपोर्ट टर्मिनल कार्यालयले बताएको छ । एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी

आगलागीपछि यात्रुहरु तितरवितर हुँदा दोहा उड्‍नुपर्ने कतार एयरवेजको जाहज उड्‍न सकेको छैन । यसैगरी,काठमाडौं अवतरण हुनुपर्ने चाइना साउर्दन,सिल्क एयर,हिमालय एयरलाइन्स र नेपाल वायु सेवाको निगमको गरी चारवटा जाहाज सिमरामाथिको आकाशमा 'होल्ड'मा छन् ।

थप विवरण आउन बाँकी ।

प्रकाशित : माघ २७, २०७६ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?