कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चीनबाट ल्याइने नेपालीका लागि ३६ अस्पतालमा १४७ बेड तयार

बुनु थारु

काठमाडौँ — चीनको कोरोना प्रभावित हुबेई प्रान्तबाट ल्याइने नेपालीहरुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलसेन बेड पूर्ण रुपमा तयार पारिएको जनाएको छ ।

चीनबाट ल्याइने नेपालीका लागि ३६ अस्पतालमा १४७ बेड तयार

स्वास्थ्य आपतकालीन् तथा विपद् व्यवस्थापन केन्द्रका प्रमुख सागर दाहालले स्वास्थ्यकर्मीको परिचालन, सुरक्षाकर्मी,एयरपोर्टका कर्मचारी,एम्बुलेन्स परिचालन,स्क्रिनिङको कार्य,हवाई सुरक्षा लगायतको तयारी गरिसकिएको बताए । यस्तै, उनले नेपाल फर्काउने तयारी थालिको जानकारी दिए ।


सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले यसअघि तोकिएको ५ वटा हब र १५ वटा स्याटेलाइट अस्पतालको संख्या बढाएर ३६ पुर्याइएको जानकारी दिए ।


वीरेन्द्र सैनिक अस्पताल,पाटन अस्पताल, सिभिल अस्पताल, भक्तपुर अस्पताल तथा त्रिवि शिक्षण अस्पताल गरी ५ वटा हब अस्पतालका रुपमा तोकिएका छन् । स्याटलाइट अस्पतालका रुपमा कीर्तिपुर अस्पताल, नेपाल मेडिकल कलेज, नर्भिक हस्पिटल, स्टार हस्पिटल, नेपाल मेडिसिटी हस्पिटल आदि गरी ३६ वटा अस्पताल रहेका छन् ।


प्रमुख दाहालले मंगलबार तोकिएका अस्पतालका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरिने बताउँदै उक्त अस्पतालहरुले १ सय ४७ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिसकेको जानकारी गराएको हो । विश्व स्वास्थ्य संगठनको प्रोटोकल र अन्तर्राष्ट्रिय मापदण्ड सबैलाई हेरेर मन्त्रायलले व्यवस्थापन गर्न लागेको जानकारी गराए ।


सरकारले चीनबाट १ सय ८० जना नेपालीहरुलाई चीनबाट ल्याउँदैछ । नेपाल वायु सेवा निगमको विमानले उनीहरुलाई चीनबाट ल्याउने तयारी सरकारको छ ।


८६ जना स्वास्थ्यकर्मीलाई दिइयो तालिम

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार कोरोना भाइरसको सुरक्षा तथा निगरानीमा खटिने मेडिकल अफिसर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, पारामेडिक्स लगायतलाई तालिमको आयोजना गरेको छ । महाशाखाका अनुसार लगभग ३ घण्टा चलेको तालिममा ८६ जना सहभागी रहेका थिए । उनीहरुलाई क्वारेन्टाइनमा खटिनका लागि प्रयोग हुने विशेष प्रकारका लुगा लगाई विभिन्‍न प्रक्रियागत तालिम दिइएको हो ।


तालिममा क्वाइरेन्टाइनमा निगरानी गर्ने, स्क्रिनिङमा खटिने कर्मचारीलाई तालिम दिइएको थियो ।

प्रकाशित : माघ २७, २०७६ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?