१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

समाजवादमा अगाडि बढ्यौं तर सबैका चाहना समेट्न सकिएन : दाहाल

काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालले मुलुक समाजवादको युगतर्फ अगाडि बढेको भएपनि सबैका भावना र चाहना समेट‍्न नसकिएको बताएका छन् ।

समाजवादमा अगाडि बढ्यौं तर सबैका चाहना समेट्न सकिएन : दाहाल

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले नयाँ व्यवस्था ल्याउन सबै जातजाति, भाषाभाषी र संस्कृतिका समुदायको योगदान बराबर भएपनि अझै सबैका भावना र चाहना समेट्‍न नसकिएको बताएका हुन् ।

देश संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा भएपनि संविधानमा अझै समानता,समावेशीताका माग पुरा हुन नसकेको दाहालले बताए ।संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा हामी छौं । यो संघीय लोकतान्त्रिक गणतन्त्रमा धर्म निरपेक्षता, समावेशीता, समानुपातिकताको जुन स्तरमा हामी आइपुगेका छौं । यद्यपी सबैको भावनाहरू सबैका चाहनाहरू त्यसमा समेटिइसके, पूर्ण भइसक्यो भन्ने दाबी हाम्रो छैन,' उनले भने,'हाम्रो संविधानले पनि यसको परिमार्जनको, विकासको आवश्यकता स्वीकार गरेको छ । तर पनि फेरी सामन्तवादी युगबाट समाजवादको युगतिर जाने प्रकृयामा हामी छौं ।

देशमा राजनीतिक परिवर्तन ल्याउन सबै जातजाति, भाषाभाषी, सांस्कृतिक समुदायको योगदान समान हुनु खुसी र गौरवको कुरा भएको दाहालले बताए । विश्वमा अहिलेसम्म सगरमाथाको देश, बुद्ध जन्मेको देश भनेर चिनिने गरेकोमा अब विकास र समृद्धि, समाजवाद र सामाजिक न्यायको यात्रामा पनि नेपाललाई उँचो ठाउँमा पुर्‍याउन सम्भव रहेको उनले बताए ।

प्रकाशित : माघ २७, २०७६ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?