नेपाल दोषी नभए गच्छदार कसरी दोषी : उपसभापति निधि

काभ्रे — कांग्रेस उपसभापति विमलेन्द्र निधिले ललिता निवासको जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल दोषी नभए त्यही सरकारका मन्त्री कांग्रेस उपसभापति विजयकुमार गच्छदार दोषी हुन नसक्ने बताएका छन् ।

नेपाल दोषी नभए गच्छदार कसरी दोषी : उपसभापति निधि

नेपाल आदिवासी जनजाति संघ काभ्रेले आइतबार बनेपामा २८५६ औं सोनाम ल्होछारको अवसरमा गरेको कार्यक्रममा उपसभापति निधिले नेपाल दोषी भएमात्रै गच्छदार दोषी हुने बताए । ‘माधवकुमार नेपालजीले भन्नुभयो, मैलै कहाँ मोही पूर्जा बाडेको छु, म निर्दोष छु,’ निधिले भने, ‘त्यही मन्त्रिपरिषदमा गच्छदारजी पनि हुनुहुन्थ्यो, माधवकुमार नेपालको कुरा साँचो हो, जग्गा बाढिएको छैन् भने गच्छदारजीले कसरी दोषी हुनुभयो ?’

निधिले जिल्लातहमा पनि प्रतिपक्षलाई फसाउने काम सरकारबाट भइरहेको बताए । ‘कम्युनिष्ट पार्टीको कार्यकर्ताले एसपी, सिडिओकोमा धर्ना दिएर, सरुवा गरिदिन्छु भनेर फोनको भरमा थर्कायो भने मुद्दा दर्ता गराइहाल्छ,’ निधिले भने, ‘घाइते छ भने पनि कांग्रेस कार्यकर्ता, सामान्य जनताको मुद्दा दर्ता हुँदैन, त्यस्ता गुनासा जिल्ला, क्षेत्रबाट समेत आइरहेका छन् ।’

सरकार प्रतिपक्ष मास्ने खेलमा लागेको आरोप लगाउदैँ निधिले आफूलाई सहयोग नगर्ने आफ्नै पार्टीका मान्छे मास्ने खेलमा सरकार लागेको बताए ।

प्रकाशित : माघ २६, २०७६ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?