१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुननिर्माणमा प्रयोग नहुने पुरातात्विक सामग्री संग्रहालयमा राखिने

काठमाडौँ — पुरातत्व सम्पदाको पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक सामग्रीलाई संग्राहलयमा राखिने भएको छ । पुरातत्व विभागले आइतबार भूकम्पबाट क्षति भएका सम्पदाहरूको पुननिर्माणको अवस्थाबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तु संग्राहलयमा राख्न लागिएको जानकारी दिए ।

पुननिर्माणमा प्रयोग नहुने पुरातात्विक सामग्री संग्रहालयमा राखिने

भट्टराईले त्यसका लागि ललितपुरको पाटन दरबार क्षेत्रमा संग्राहलय निर्माण भइसकेको समेत बताए । 'नेपाल विश्व मानव सभ्यताको केन्द्र भएकाले मानव सभ्यता सम्बन्धी अध्ययन अनुसन्धानकर्ताले नेपालको संस्कृति, सभ्यता र पुरातात्विक सम्पदाको अध्ययन नगरी अनुसन्धान पुरा नहुने भएकाले पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राख्न लागिएको ,' उनले भने ।

भूकम्पबाट ३१ जिल्लामा ९ सय २० सम्पदा क्षति भएकोमा ४ सयको पुननिर्माण सम्पन्न भएको र १ सय ५० को चालु आर्थिक वर्षमा पुननिर्माण सम्पन्न हुने उनको भनाइ थियो । बाँकीको सम्पदाको २ वर्ष भित्रमा पुननिर्माण सम्पन्न गरी विश्व समुदायमा काम सम्पन्न भएको घोषणा गर्ने उनले बताए ।

मन्त्री भट्टराईले नेपालमा संस्कृति, सभ्यता र प्राकृतिक पर्यटन मुख्य रहेको उल्लेख गर्दै पर्यटनको विकासका लागि पुरातात्विक सम्पदाको भूमिका बढाउनुपर्ने बताए । त्यसका लागि उपत्यकाका सात वटै विश्व सम्पदा सुचीमा रहेका स्थलहरूलाई साइकल लेनले जोडिने समेत बताए ।

त्यस्तै, पाटन दरबार क्षेत्र, वसन्तपुर दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रलाई रातिसमेत भ्रमण र अवलोकन गर्न सकिने गरी भ्याली वाइ नाइटको काम भइरहेको भट्टराईले जानकारी दिए । उनले पुरातात्विक क्षेत्रमा रहेका मानव बस्ति हटाइने, व्यापार गर्न नदिने लगायतका काम गर्ने योजना रहेको बताए । नेपालका कतिपय सम्पदाको अरु मुलुकले नक्कल गरेर गलत प्रचार गरेको उल्लेख गर्दै नेपालका पुरातात्विक सम्पदाको संरक्षण र प्रचारप्रसारमा सरकारले ध्यान दिएको पनि उनले बताए ।


प्रकाशित : माघ २६, २०७६ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?