मानव अधिकार आयोगकै अधिकार संकटमा : अन्सारी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानव अधिकार आयोगकै अधिकार संकटमा : अन्सारी

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगको अधिकार नै संकटमा रहेको आयोगकी सदस्य मोहना अन्सारीले बताएकी छन् । कान्तिपुर कनक्लेभमा बोल्दै अन्सारीले विभिन्न कारणले मानव अधिकारको अधिकार नै संकटमा परेको बताएकी हुन् ।

सरकारले केही पहिले ल्याएको मानव अधिकारसम्बन्धि विधेयकमा अधिकार कटौती गरिएको तर्फ इंगित गर्दै उनले आयोगको अधिकार संकटमा परेको बताएकी हुन् ।

मानव अधिकार आयोगको वर्तमान अवस्थाबारे उनले भनिन्, 'मानव अधिकार आयोग द्वन्द्वकालमा र ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा यति कमजोर थिएन जति अहिले त्यसमा कमि ल्याउन खोजिएको छ ।'

सरकार जनतातर्फ फर्किनुपर्नेमा शक्ति आर्जनतिर लागेको अन्सारीको भनाइ थियो । उनले भनिन्, 'सरकार जनतातिर फर्किनुपर्ने हो तर शक्तिआर्जनतिर फर्किँदै छ । झिँगा मार्नका लागि बन्दुक पड्काउने भन्ने कहावत फेरि याद आएको छ ।'

कानुन निर्माणमा संसदभन्दा पनि कर्मचारीतन्त्र हाबी भएकाले पनि जनताका मौलिक अधिकार र हक संकुचन भइरहेको उनको भनाइ थियो । 'मौलिक हकसम्बन्धि जति पनि कानुन बन्दैछन् तिनमा कर्मचारीतन्त्र हाबी भइरहेका छन्,' उनले भनिन् ।

नेपाल दुई पाइला अगाडि बढेको तर त्यसको तुलनामान दुई कदम पछाडि गइरहेको पनि उनको भनाइ थियो । मुलुकमा बेरोजगारी, भ्रष्टाचार, गैरन्यायीक थुना लवगायत यावत कुराले व्यापकता पाइरहेको अन्सारीको भनाइ थियो ।

मुलुकमा बेरोजगारिको अवस्था जर्जर रहेको र युवाहरूले आफ्नो भविष्य मुलुकमा नभएर खाडीमा देखिरहेको अन्सारीको भनाइ थियो । उनले हरेक नागरिकले आफू असुरक्षित रहेको महसुसर गरेको बताइन् ।

प्रकाशित : माघ २५, २०७६ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्

चट्याङ लागेर दाङमा ३ जनाको मृत्यु

दुर्गालाल केसी

दाङ — चट्याङ लागेर दाङमा शनिबार तीन जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ नवलपुर निवासी गीता चौधरीको घरमा चट्याङ पर्दा उनकी ७ वर्षीया छोरी सृष्टि चौधरी र स्थानीय ५४ वर्षीया लक्ष्मी आचार्यको मृत्यु भएको छ ।

चट्याङ लागेर घाइते भएका दुवै जनाको उपचारका क्रममा राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा मृत्यु भएको हो । चट्याङले एक बंगुरको पनि मृत्यु भएको छ । घरमा पनि चट्याङले क्षती पुर्‍याएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

यसैगरी घोराही उपमहानगरपालिका–११ हापुरका सूर्यबहादुर पुरीको ८ वर्षीय छोरा ताराबहादुर पुरीको चट्याङ लागेर मृत्यु भएको छ । घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ पर्दा घाइते भएका पुरीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित : माघ २५, २०७६ १७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×