चट्याङ लागेर दाङमा ३ जनाको मृत्यु

दुर्गालाल केसी

दाङ — चट्याङ लागेर दाङमा शनिबार तीन जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ नवलपुर निवासी गीता चौधरीको घरमा चट्याङ पर्दा उनकी ७ वर्षीया छोरी सृष्टि चौधरी र स्थानीय ५४ वर्षीया लक्ष्मी आचार्यको मृत्यु भएको छ ।

चट्याङ लागेर घाइते भएका दुवै जनाको उपचारका क्रममा राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा मृत्यु भएको हो । चट्याङले एक बंगुरको पनि मृत्यु भएको छ । घरमा पनि चट्याङले क्षती पुर्‍याएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

यसैगरी घोराही उपमहानगरपालिका–११ हापुरका सूर्यबहादुर पुरीको ८ वर्षीय छोरा ताराबहादुर पुरीको चट्याङ लागेर मृत्यु भएको छ । घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ पर्दा घाइते भएका पुरीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित : माघ २५, २०७६ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?