कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एमसीसीबारे गगन थापा संसदमै बोल्ने, परराष्ट्रमन्त्रीले भने- 'आर्थिक सहयोगलाई राजनीतिक रंग नदिऊँ'

काठमाडौँ — नेपाल सरकार र अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौताबारे कांग्रेस सांसद गगनकुमार थापाले संसदमा नै बोल्ने बताएका छन् । कान्तिपुर कनक्लेभको शनिबारको 'नेपालः अगाडि कि पछाडि' सत्रमा थापाले उक्त विषयमा संसदमा नै बोल्ने बताएका हुन् ।

एमसीसीबारे गगन थापा संसदमै बोल्ने, परराष्ट्रमन्त्रीले भने- 'आर्थिक सहयोगलाई राजनीतिक रंग नदिऊँ'
'यो विषयमा समय चाहिन्छ । म संसदमा नै आफ्ना धारणा राख्छु,' थापाले भने ।

एमसीसीलाई लिएर सत्तारुढ नेकपामा फरकफरक मत रहेको अवस्थमा प्रतिपक्षी कांग्रेसले भने उक्त सम्झौतालाई संसदबाट पारित गर्नुपर्ने धारणा सार्वजनिक गरेको थियो ।

एमसीसी नेपालको हीतमा नभएको भन्दै सार्वजनिक बहस भइरहेको छ । एमसीसीबारे नेकपाको केन्द्रीय समिति बैठकले अध्ययन कार्यदल गठन गरेको छ । वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले एमसीसी अध्ययन गरिरहेको छ । उक्त कार्यदलमा नेता भीम रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेका छन् ।

एमसीसीलाई नेपालको हीतमा हुनेगरी अगाडि बढाइने मन्त्री ज्ञवालीले बताए । कान्तिपुर कनक्लेभमा एमसीसीबारे सोधिएको प्रश्नको जवाफमा उनले भने, 'आर्थिक सहयोगलाई राजनीतिक रंग दिएर हेर्न हुन्न ।'

विभिन्न मुलुकले नेपालमा आर्थिक सहयोग गरिरहेको उल्लेख गर्दै ज्ञवालीले आर्थिक सहयोगलाई अन्यथा नजर लगाएर हेर्न नहुने धारणा राखेका हुन् । उनले कार्यदलले अध्ययन गरिरहेकाले थप कुरा पछि नै बोल्ने बताए ।

यतिबारे १० दिनभित्र श्वेतपत्र आउँछ

मन्त्री ज्ञवालीले व्यापारिक समूह यतिलाई सरकारले जमिन भाडामा दिएपछि उत्पन्न विवादबारे नेपाल ट्रस्टको कार्यालयले १० दिनभित्र श्वेतपत्र जारी गर्ने तयारी गरिरहेको जानकारी दिए ।

सरकारको नेतृत्व गरिरहेको नेकपासँग साँठगाँठ गरेर यति समूहले व्यायारिक फाइदा लिइरहेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

प्रकाशित : माघ २५, २०७६ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?