कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

गगन थापाको प्रश्न : कांग्रेसको कमजोरीको मूल्य जनताले किन चुकाउने ?

काठमाडौँ — नेपाली कांग्रेसका सांसद् तथा केन्द्रीय सदस्य गगनकुमार थापाले प्रतिपक्षी कांग्रेसले गरिरहेका कमजोरीको मूल्य जनताले चुकाउन नहुने बताएका छन् ।

गगन थापाको प्रश्न : कांग्रेसको कमजोरीको मूल्य जनताले किन चुकाउने ?

कान्तिपुर कनक्लेभकोदोस्रो संस्करणको 'नेपालः अगाडि कि पछाडि' सत्रमा थापाले राजाको गल्तीलाई अस्वीकार गरेर आएकाजनताले कांग्रेसको कमजोरीमा आफ्ना अधिकारका लागि लड्न छोड्न नहुने बताएका हुन् ।उनले प्रश्न गरे, 'कांग्रेसले जति गर्नुपर्नेहो त्यति गर्न नसकेकै हो । तर कांग्रेसले गरेको कमजोरीको मूल्य चुकाउन नागरिक तयारहो ?'

प्रतिपक्षी कांग्रेसकोनेतृत्वले सत्ताधारी दलसँग लसपस गरेर फाइदा लिइरहेको भए पनि जनताले भने आन्दोलनबाटप्राप्त अधिकार खोस्न नदिन आग्रह गरे । 'हाम्रो कमजोरीको मूल्य हामी चुकाउँला तर नागरिकले आन्दोलनबाटप्राप्त अधिकार खोस्न दिनु भएन,' उनलेथपे ।

निर्वाचित भएर आएको सरकालेजनतालाई बलियो बनाउनुपर्ने नेता थापाको भनाइ थियो । उनले भने, 'नागरिकलाई थप बलियो बनाउनुपर्छ र संवैधानिकसुनिश्चितता गर्नुपर्छ कि नागरिकलाई बलियो बनाउँदै जाने हो,' उनले थपे, 'स्थिरताआएको छ तर हामी स्थिरतासँग डराउने कि खुसी हुने भन्ने प्रश्न आउन थालेको छ । हामीजति बलियो सरकार हुँदै गयो त्यति ठीक हुने भन्नेमा थियौँ तर अहिले प्रश्न उठ्नथालेको छ ।'

थापाले सरकारले ल्याएकाविधेयकले जनताका अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार, प्रेसस्वतन्त्रतालगायतका मौलिक अधिकार खोस्न लागेको बताए । 'संसदमा ल्याएका कानुनलाई एक ठाउँमा ल्याएर हेरेमासरकारले के गर्न खोजेको हो भन्ने प्रस्ट हुन्छ ।'


'१४ वर्ष जेल बसेर आएकाप्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्‍न गर्ने ? यत्रो शक्ति भएको सरकारलाई हेप्‍नीभन्‍ने गरेको पाइन्छ । तिमीहरु पनि त भागबण्‍डामा सामेल छौ नि भन्ने गरिन्छ ।प्रतिपक्ष भागबण्डामा सामेल छैन म भन्दिनँ,' थापाले भने, 'हामीले बलियो सरकार खोजेको हो कि बलियो नागरिक? यहाँ सरकारले बलियो नागरिक बनाउन खोजेको छैन '

प्रकाशित : माघ २५, २०७६ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?