कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

नेपालमा चिनियाँ शैलीको कम्युनिष्ट शासन सम्भव छैन : खाण

सन्जु पौडेल

तिलोत्तमा — कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा चिनियाँ शैलीको कम्युनिष्ट शासन ल्याउन खोजेको आरोप लगाएका छन् । प्रेस युनियन रुपन्देही शाखाका शनिवार आयोजना गरेको कार्यक्रममा निरंकुशता लाद्न खोजेमा कम्युनिष्ट शासन देशबाट पतन हुने बताए । 

नेपालमा चिनियाँ शैलीको कम्युनिष्ट शासन सम्भव छैन : खाण

‘लोकतान्त्रिक मूल्यमान्यतासँगै प्रेस स्वतन्त्रता र मानवअधिकार सिद्धयाउन लागिपर्ने जोकोही आफै सिद्धिन्छन्,’ खाणले भने, ‘निरंकुश ढंगले जनताका अधिकार बन्चित गराउन सरकार अघि बढेको छ । जनताले निरंकुशता हटाउन र प्रजातन्त्र ल्याउन नखोजेको भए देशबाट राणा शासन र निर्दलीय पञ्चायती व्यवस्था नै जाने थिएन ।’


उनले निरंकुश पद्धती नेपालमा आउन नसक्ने बताए । लोकतान्त्रिक मूल्यमान्यता रक्षाका लागि कांग्रेस जस्तोसुकै मूल्य चुकाउन परेपनि कांग्रेस तयार रहेको खाणले बताए ।


कम्युनिष्ट सरकार आउनुमा कांग्रेसको कमजोरी मुख्य कारण रहेको खाणको भनाइ छ ।

प्रकाशित : माघ २५, २०७६ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?