कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राष्ट्रपतिबाट पुनर्निर्माण भइरहेका सम्पदाको अवलोकन    

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाभित्र पुनर्निर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप, दरबार हाइस्कुल र बसन्तपुर दरबारको अवलोकन गरेकी छन् । शनिबार बिहान उनले ति सम्पदाको अवलोकन गरेकी हुन् ।  

राष्ट्रपतिबाट पुनर्निर्माण भइरहेका सम्पदाको अवलोकन    

अवलोकनका क्रममा राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदा निर्माणको प्रगति र त्यसमा प्रयोग भएका सामग्रीबारे जानकारी लिएकी थिइन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावली र निर्माणाधीन आयोजनाका प्रमुखले ऐतिहासिक संरचनाको हालसम्मको प्रगतिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

रानीपोखरीको निर्माणको ६० प्रतिशत काम पुरा भएको छ भने दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा छ । धरहराको निर्माणको भौतिक प्रगति ३७ प्रतिशत पुगेको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । काष्ठमण्डप र बसन्तपुर दरबारको उत्साहजनक ढङ्गबाट निर्माण भइरहेको छ ।


राष्ट्रपतिबाट भएको अवलोकन भ्रमणका क्रममा काठमाडौँ महानगरका प्रमुख र उपप्रमुख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र शिक्षा मन्त्रालय तथा पूरातत्व विभागका उच्चपदस्थ अधिकृत सहभागी थिए । दरबार हाइस्कुल, काष्ठमण्डप र हनुमानढोका क्षेत्रमा राष्ट्रपतिबाट भएको अवलोकन भ्रमणमा नेपालका लागि चीनका राजदूत हाउ यान्छीसमेत सहभागी थिइन ।

प्राधिरकणले भूकम्प पुनर्निर्माण गर्नुपर्ने लाभग्राहीको सङ्ख्या आठ लाख २७ हजार ५५० छ । त्यसमध्य सात लाख ७८ हजार ११७ ले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये सात लाख ७० हजार ७३६ ले पहिलो किस्ता लिएका छन् ।

प्रकाशित : माघ २५, २०७६ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?