कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सरकारको निर्देशनमा गच्छदारमाथि अख्तियारले मुद्दा चलायो : महत

उदयपुर — कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारमाथि मुद्दा चलाएको आरोप लगाएका छन् । 

सरकारको निर्देशनमा गच्छदारमाथि अख्तियारले मुद्दा चलायो : महत

उदयपुरको चौदण्डीगढी नगरपालिकाको वेल्टारमा शुक्रबार आयोजित कार्यक्रममा महतले मन्त्रीपरिषदको निर्णय कार्यन्वयन गर्ने मन्त्रीलाई मुद्दा चलाउने अख्तियारको निर्णय सरकारका प्रवक्तासमेत रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रीले वकालत गर्नु बदनियतपूर्ण भएको बताए ।

‘अख्तियार स्वतन्त्र संवैधानिक निकाय हो । कानुनतः उसले गर्ने छानबिन सरकारलाई अवगत गराउन पर्दैन,’ महतले भने, ‘तर सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सरकारकै निर्देशनमा छानबिन भएको जस्तै गरी सार्वजनिक रुपमा बोल्नुहुन्छ । त्यो भन्दा बदनियपूर्ण अवस्था के हुन्छ ?’

प्रकाशित : माघ २४, २०७६ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?