सार्क यस क्षेत्रको साझा पहिचान हो : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) यस क्षेत्रका जनताको साझा पहिचान भएको बताएका छन् । 

सार्क यस क्षेत्रको साझा पहिचान हो : प्रधानमन्त्री

शुक्रबार त्रिदेवी मार्ग ठमेलमा रहेको सचिवालयको भ्रमण गर्दै प्रधानमन्त्री ओलीले सार्क दक्षिण एसियाली जनताको साझा पहिचान भएको बताएका हुन ।


ओलीले सार्कको १९औं शिखर सम्मेलन चाँडो आयोजना हुने विश्वास पनि व्यक्त गरे । सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आफू आतुर रहेको उनले बताए । १९ औं सम्मेलनका लागि सबै सदस्य राष्ट्रहरुबीच सहमति जुट्ने विश्वास पनि ओलीले व्यक्त गरे ।



सार्कका अध्यक्ष रहेका ओलीले सार्कका सिद्धान्त र उद्देश्यप्रति सार्क राष्ट्रका प्रमुखहरुले प्रतिवद्धता जनाएको उल्लेख गरे । ओलीले सचिवालय परिसरमा रुद्राक्षको विरुवा समेत रोपेका थिए ।

प्रकाशित : माघ २४, २०७६ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?