१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कांग्रेसले आज पनि संसद अवरुद्ध गर्ने

संसदीय दलमा गच्छदारले भने- 'मलाई फसाइयो'
ऋषिराम पौड्याल

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको विरोधमा शुक्रबार पनि प्रतिनिधिसभा अवरुद्ध गर्ने भएको छ । 

कांग्रेसले आज पनि संसद अवरुद्ध गर्ने

कांग्रेस संसदीय दलको शुक्रबार बिहान बसेको बैठकले सदन अवरुद्ध गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । ‘फरक पार्टी र विचारको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो स्वतन्त्र संवैधानिक आयोगलाई सरकारले आफ्नो निर्देशनमा चलाउन खोजेको छ,’ प्रमुख सचेतक खाणले दलको बैठकपछि भने, ‘त्यसको विरोधमा आज पनि संसद अवरुद्ध गर्ने निर्णय दलको बैठकले गरेको छ ।’

संसदीय दल बैठकमा गच्छदारले आफूलाई फसाइएको बताएका थिए । 'प्रधानमन्त्रीको सहमतिमा मैले क्याबिनेटमा प्रस्ताव लगेको हुँ,' उनले बैठकमा भनेका थिए ।

कांग्रेसले अख्तियार सत्ताको लाचार छाया बनेको आरोप पनि लगाएको छ । बैठकमा आफ्ना कुरा राखेर सदन अवरुद्ध गर्ने निर्णय गरेको खाणले बताए । कांग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठक पनि अवरुद्ध गरेको थियो । शुक्रबार प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि डाकिएको छ ।


प्रकाशित : माघ २४, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?