कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बम्जनलाई पक्राउ गर्न प्रहरी आश्रममा, भेटिएनन्

राजकुमार कार्की

सिन्धुली — एक अनुयायीको हत्या र तीन आनी बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी उनको सिन्धुलीस्थित आश्रममा पुगे पनि उनी भेटिएनन् । 

बम्जनलाई पक्राउ गर्न प्रहरी आश्रममा, भेटिएनन्

सिन्धुलीको कमलामाई नगरपालिपालिका- ८, पहिरेमा रहेको उनको आश्रममा प्रहरी पुगे पनि बम्जन भने भेटिएका छैनन् । आश्रममा बमजन नभेटिएको र उनी बस्ने गरेको भवनमा ताला लगाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपसी श्यामबहादुर केसीले बताए । 'पक्राउ गर्न गएको हो तर उनी नभेटिएपछि हामी फर्कियौं,' केसीले भने ।

करिब ४२ बिगाहामा बम्जनको आश्रम छ । २४ बिगाहाको लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा रहेको स्थानीयले बताए । बम्जन बस्ने भवन भने चिनियाँ शैलीको छ । ठूलो पर्खाल र चारैचिर काँडेतार लगाइएको यो भवनमा प्रवेश निषेध गरिएको छ ।

उनका अनुयायीहरुले गुरु कहाँ भएको आफूलाई थाहा नभएको बताएका छन् । बमजनमाथि बलत्कारको पनि आरोप छ ।

बिहीबार नै जिल्ला अदालत सर्लाहीले बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । त्यसलगत्तै उनी आश्रमबाट भागेको हुनसक्‍ने केसीले बताए ।

बम्जन आश्रमबाट बेपत्ता भएको र बलत्कारको समेत आरोपमा उजुरी परेपछि उनको सिन्धुपाल्चोक बाडेगाउँ आश्रम सिल गरि प्रहरीले छानविन गरेको थियो । त्यबेला पनि प्रहरीले पैरे आश्रममा खोजबिन गरेको थियो ।

प्रकाशित : माघ २४, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?