कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

ललिता निवास जग्‍गामा विजयकुमार गच्छदारले के बयान दिएका थिए ?

कृष्ण ज्ञवाली

काठमाडौँ — ललिता निवास जग्‍गा प्रकरणबारे तत्कालीन् उपप्रधानमन्त्री तथा विभागीय मन्त्री विजयकुमार गच्छदारको बयानः

ललिता निवास जग्‍गामा विजयकुमार गच्छदारले के बयान दिएका थिए ?

म २०४८ सालपछि पटक-पटक विभिन्न मन्त्रालय हुँदै ४/५ पटक भौतिक योजना तथा निर्माण मन्त्रालयमा विभागीय मन्त्रीको हैसियतमा थिएँ।

तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट भएका निर्णयहरूका सम्बन्धमा २०६५/२०६६ सालमा तयार भएको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशनअनुसार मन्त्रिपरिषद्‍मा प्रस्ताव पठाउँदा गरेको हस्ताक्षर मेरो हो।

विशिष्ट व्यक्तिहरूको निवास विस्तार गर्ने सम्बन्धमा तयार भएको गुरुयोजना लागू गर्नको लागि मेरो मन्त्रालयको सचिवले तयार गरी म समक्ष पेश गरेको प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजानको लागि मैले स्वीकृति दिएको हुँ ।

प्रकाशित : माघ २३, २०७६ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?