१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ललिता निवास जग्गा प्रकरणबारे दीप बस्न्यातको बयान

काठमाडौँ — ललिता निवास जग्गा प्रकरणबारे तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यातको बयान तथा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातकाे बयान:

ललिता निवास जग्गा प्रकरणबारे दीप बस्न्यातको बयान

तत्कालीन प्रधानमन्त्री माधव नेपालको निर्देशनमा प्रस्ताव लगेको हुँ ।

म २०६६ भाद्रदेखि २०६७ फाल्गुनसम्म भौतिक योजना तथा निर्माण मन्त्रालयमा सचिवको हैसियतले कार्यरत थिएँ। प्रधानमन्त्री निवास विस्तार गर्ने सम्बन्धमा तयार भएको गुरुयोजना बमोजिम प्रस्ताव तयार भई मन्त्रिपरिषद्‍मा पेस भएको हो । उक्त प्रस्ताव केबल सैद्धान्तिक सहमतिको लागि पेस भएको हो। मोही र जग्गाधनी कायम गर्ने तथा सट्टापट्टा गर्ने कार्य भूमिसुधार मन्त्रालयबाट भएको हो। मलाई देखाइएका निर्णयहरूका फायलमा भएको दस्तखत मेरो हो । सो दस्तखतमा कानुन बमोजिम पेस भएका विषय राय स्वीकृत वा निर्णयको लागि पेस गरेको हुँ। परिसर विस्तार सम्बन्धमा तयार गरेको प्रस्ताव सैद्धान्तिक सहमतिको लागि पेस भएको हो। सरकारी भवनको विस्तार तथा निर्माण लगायतका कार्य भौतिक योजना मन्त्रालय अन्तर्गत भवन विभागको क्षेत्राधिकार थियो । पटक–पटक तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालकाेसमेत निर्देशन भएको साथै सम्पूर्ण सचिव सम्मिलित मुख्य सचिवको संयोजकत्चको बैठकले काम नै तोकेर गर्नू भनेको विषय रहेको थियो।

म सचिव हुनुपूर्व तयार भएको गुरुयोजना र सो गुरुयोजनामा उल्लेख भई मातहत निकायबाट प्रयत्‍न भएका एजेन्डा राखी तत्कालीन विभागिय मन्त्रीबाट स्वीकृत गर्न मन्त्रिपरिषद्‍मा प्रस्ताव पेस गरेको हुँ । मन्त्रिपरिषद्‍बाट ठीक बेठीक ठहराई मन्त्रिपरिषद्‍मा पेस भै मन्त्रिपरिषद्‍ले निर्णय गरेको विषयमा मन्त्रिपरिषद्‍ नै जिम्मेवार हुने हुँदा यसको अन्तिम जिम्मेवारी मुख्य सचिव र तत्कालीन मन्त्रीपरिषद्‍ले नै लिनुपर्ने हुन्छ। विवरणमा फरक परेको भए सो कुरा तत्काल दस्तखत सहित पेस गर्ने सम्बन्धित पदाधिकारी र कर्मचारी नै जिम्मेवार हुन्छ ।

स्रोतः विशेष अदालतमा दायर आरोपपत्र ।

प्रकाशित : माघ २३, २०७६ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?