१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रानाथारु छुट्टै आदिवासीका रुपमा सूचीकृत

गणेश राई

काठमाडौँ — मन्त्रिपरिषद्ले रानाथारुलाई छुट्टै आदिवासीका रुपमा सूचीकृत गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले माघ २० गते भएको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार उक्त जानकारी दिएका हुन् । ‘रानाथारु समुदायलाई अलग्गै आदिवासी जनजातिका रुपमा सूचीकृत गरिएको छ,’ विज्ञप्तिको १३ औं बुँदामा उल्लेख छ । 

रानाथारु छुट्टै आदिवासीका रुपमा सूचीकृत

सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार ५९ आदिवासी जनजाति सूचीकृत छ । त्यसमा थारु एक रहेको छ । रानाथारु छुट्टै सूचीकृत गरिएपछि आदिवासी जनजातिको सूची ६० पुगेको छ ।


राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा जनसंख्याका आधारमा क्षेत्री, बाहुन, मगरपछि थारुको जनसंख्या चौथो स्थानमा रहेको छ । थारु जातिको कुल जनसंख्या १७ लाख ३७ हजार ४ सय ७० रहेको छ । थारु भाषा बोल्नको संख्या १५ लाख २९ हजार ८ सय ७५ रहेका छन् । नेपाली, मैथिली, भोजपुरीपछि थारु भाषाको बाेल्नेकाे संख्या चौथो स्थानमा छ ।

नेपालको पश्चिम सीमा कन्चनपुरदेखि पूर्वी सीमा झापासम्म २० जिल्लामा थारु जातिको बसोबास छ । रानाथारु छुट्टै सूचीकृत भएपछि थारुको जनसंख्या बाँडिन्छ ।

सम्बन्धित समाचार :

प्रकाशित : माघ २३, २०७६ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?