२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'कसैको सिरानीमुनि लालपुर्जा, मुद्दा विजय गच्छदारलाई ?' : कांग्रेस प्रवक्ता

काठमाडौँ — ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियारले बुधबार दायर गरेको भ्रष्टाचार मुद्दामा कांग्रेसले आफ्‍ना उपसभापति विजय गच्छदारलाई मुद्दा दायर गरिएको आश्चर्य प्रकट गरेको छ । 

'कसैको सिरानीमुनि लालपुर्जा, मुद्दा विजय गच्छदारलाई ?' : कांग्रेस प्रवक्ता

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै भनेका छन्, 'श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय । एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा । मुद्दा कसलाई विजय गच्छदारलाई ?'

उनले ट्विट संकेत गरेका पूर्वमन्त्री विष्णु पौडेल नेकपाका महासचिव हुन् । ललिता निवासको दुई कित्ता ८ आना जग्गा उनले छोरा नवीन पौडेलको नाममा किनेका थिए । तर, अख्तियारका अनुसन्धान अधिकृत समक्ष त्यो जग्गा सरकारको नाममा गर्न तयार रहेको बयान दिएपछि अख्तियारले उनलाई मुद्दा चलाउनु नपर्ने आरोप पत्रमा उल्लेख गरेको छ ।

कांग्रेस उपसभापति गच्छदारविरुद्ध भने तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको हैसियतमा मुद्दा दर्ता गरिएको हो । उनीसँग अख्तियारले ९ करोड ६५ लाख विगो मागदाबी गरेको छ । मुद्दा दायर हुनासाथ गच्छदारको सांसद पद स्वत: निलम्बनमा परेको छ ।

उनीसहित अन्य दुई तत्कालीन मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई पनि अख्तियारले भ्रष्टाचार मुद्दा लगाएको छ ।

शर्माले ट्विटमा प्रसिद्ध लेखक जर्ज अरवेलको चर्चित पुस्तक 'एनिमल फार्म' को भनाई उद्धृत गर्दै लेखेका छन्- 'अल एनिमल्स आर इक्वेल बट सम आर मोर इक्वेल देन अदर्स ।'

उनले पार्टीको आधिकारिक धारणा बिहीबार औपचारिकरुपमा सार्वजनिक गर्ने कान्तिपुरलाई बताएका छन् ।

यो पनि पढ्नुहोस्ः

नेकपा महासचिव विष्णु पौडेललाई किन मुद्दा चलेन ?

प्रकाशित : माघ २२, २०७६ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?