१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

राजनीतिक नेतृत्वको छविमा सुधार नआइ भ्रष्टाचार निवारण हुन सक्दैन : सांसदहरु

काठमाडौँ — राष्ट्रियसभाका सदस्यहरुले राजनीतिक नेतृत्वको छविमा सुधार नभइ भ्रष्टाचार निवारणका लागि ऐन कानुन बनाएर अर्थ नहुने बताएक छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७६ माथिको सैद्धान्तिक छलफलमा सहभागी भएका सांसदहरुले सवल राजनैतिक नेतृत्व र नेतृत्वको नैतिक आचरणमा पनि सुधार ल्याउनुपर्ने आवश्यकता रहेको बताएका हुन् । 

राजनीतिक नेतृत्वको छविमा सुधार नआइ भ्रष्टाचार निवारण हुन सक्दैन : सांसदहरु

जितेन्द्रनारायण देवले दण्ड सजायको हकमा विगोलाई मात्रै आधार नबनाई भ्रष्ट्राचार गर्ने व्यक्तिको पदिय हैसियतलाई पनि सजायमा समावेश गर्नुपर्ने बताए । उनले प्रगतीशील अनुपातमा कर्मचारीको तलब बढाउने, कर्मचारी र माफियाहरुलाई पार्टीको सदस्यता नदिने, र सार्वजनिक पदहरुलाई स्वच्छ बनाउन सकेमा भ्रष्टाचार अन्त्य हुने तर्क गरे । प्रधानमन्त्री, मन्त्रीहरु र सचिवहरुको पद स्वच्छ भएको दिन मुलुकमा भ्रष्टाचार अन्त्य हुने भन्दै उनले ती सार्वजनिक पदहरुलाई स्वच्छ बनाउन तर्फ आवश्यक कदम चाल्न सुझाव दिए ।

रामप्रित पासवानले प्रवृतिलाई नियन्त्रण गर्ने किसिमले ऐन बनाउनुपर्ने बताए । इमान्दार व्यक्ति निरुत्साहीत हुने शैली समाजमा व्याप्त रहेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । भष्ट्राचार निवारण गर्न राजनैतिक नेतृत्वको नैतिक आचरणमा सुधार, सामाजिक मान्यता र व्यवहारमा परिर्वतन, जनचेतनामा वृद्धि हुनु पर्ने बताए ।

रामनारायण विडारीले कर्मचारीको छोरा छोरी सरकारी स्कुलमा पढाउने सरकारी अस्पतालमा उपचार गराउने बाध्यात्मक व्यवस्था गरी कानुन बनाए मात्रै भ्रष्टाचार अन्त्य हुने बताए ।

प्रकाश पन्थले जटिल बन्दै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्न सक्ने गरी विधेयक नआएको टिप्पणी गरे ।

सैद्धान्तिक छलफलमा उठेका सवालको सरकारको तर्फबाट जवाफ दिदै जनसंख्या र कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले वर्तमान सरकार सबै किसिमको भ्रष्टाचारको समुल अन्त्य गर्नेमा प्रतिवद्ध रहेको बताए ।

प्रकाशित : माघ २२, २०७६ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?