कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कपनमा फर्के रोहिंग्या

रासस

बनेपा — दुई महिनाअगाडि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीमा बसोबास गर्दै आएका रोहिंग्या शरणार्थी मंगलबार पुनः कपनमा नै फर्किएका छन् । स्थानीय सत्यराम थापाको जग्गामा बसोबास गर्दै आएका सो समुदायका १० परिवारका करिब ३४ जना पुनः मंगलबारदेखि कुशादेवी छोडेर कपन फर्केको वडा नं ३ का वडाध्यक्ष ईश्वर थापाले बताए । 

कपनमा फर्के रोहिंग्या

एक हप्ताअगाडीदेखि नै जानका लागि सामानहरु ओसार्ने क्रममा रहेका उनीहरु मंगलबार सबै परिवार फर्किएको वडाध्यक्ष थापाले बताए । कपनमा बस्दै आएका ती समुदाय त्यहाँका जग्गाको भाडा सम्झौता सकेपछि विकल्प खोज्दै यता आएको पाइएको र अहिले फेरि उतै फर्केर गएको उनले बताए ।


इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले ३४ मध्ये १७ जना १८ गते शनिबारदेखि नै कपनको लसुनटार भन्ने स्थानमा गएको बताए । बाँकी रहेकामध्ये ७ जना सोमबार गएको र बाँकी १० जना मंगलबार गएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।


अब त्यो ठाउँमा रोहिंग्या समुदायको कोही पनि व्यक्ति बसोबास नरहेको उनले बताए । ती समुदायका १० परिवारको ३४ जनामा १ देखि ६२ वर्षसम्मका व्यक्ति रहेको र जसमा १३ साना बालबालिका र आठ महिला रहेको प्रहरीले जनाएको छ ।


त्यसरी आएका रोहिंग्या कुशादेवी आसपासमा कामको खोजी गर्दै जीविकोपार्जन गर्दै आएको थियो । ती परिवारका पुरुष व्यक्तिहरु दैनिक गुजारा चलाउन काम खोज्ने र श्रम गर्ने रहेको तथा महिला घरको काम गर्ने र परिवार हेरचाह गर्ने गर्दै आएको थियो ।


सुरुमा १४० जनाको संख्यामा हुने भन्दै टहरा बनाउन थालेका उनीहरुले पछि ३४ जना मात्रै हुने भन्दै बनाएको टहरा भत्काएर ११ वटा टहरामा बस्दै आएका थिए । रोहिंग्या समुदायका नुर हप्पिसका अनुसार बनाएको टहराका परिवारअनुसार स्वयंले भाडा तिर्नेगरी बस्दै आएकामा पछिल्लो समय उतै फर्केको हो । नयाँ मान्छेहरु आएपछि सशंकित बनेका त्यहाँका स्थानीय बासिन्दालाई उनीहरुले आफूहरु परिश्रम गरेर खाने मान्छे भएका कारण सशंकित नहुन आग्रह गरेका थिए ।


यो पनि पढ्नुहोस् :

पनौतीमा पनि रोहिंग्या

प्रकाशित : माघ २२, २०७६ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?