३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

वडाध्यक्षको मृत्यु घटना : विनायकमा आन्दोलन चर्कियो

(अछाम) — पञ्‍चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामीको मृत्युको विषयमा प्रहरीले अनुसन्धान ढिलाइ गरेको भन्दै स्थानीयले आन्दोलित बनेका छन् । बुधबार बिहानैदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । विनायक बजार बन्द गराएका छन् । वडाध्यक्षको हत्या गरिएको भन्दै उनीहरुले छानबिनको माग गरेका छन् ।  

वडाध्यक्षको मृत्यु घटना : विनायकमा आन्दोलन चर्कियो

स्थानीय रिजन धामीका अनुसार बुधबार दिउँसो प्रहरी चौकी घेराउ गरेका छन् भने सवारी साधन पूर्णरुपमा बन्द छन् ।


वडाध्यक्ष हत्या प्रकरणमा तालिम प्राप्त कुकुरद्वारा अनुसन्धान सुरु भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी, अनुसन्धान अधिकृत, कुकुर, अछामका सबै सुरक्षा निकाय घटनास्थलमा केन्द्रित छ ।

वडाध्यक्ष धामी मृत भेटिएको दुई दिन बितिसक्दा पनि आफन्तले शव बुझ्‍न मानेका छैनन् ।


प्रकाशित : माघ २२, २०७६ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?