नारायणहिटीमा होटल बन्दैन : मन्‍त्री भट्टराई

जयसिंह महरा

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबार संग्रहालयमा कुनै होटल नबन्ने बताएका छन् ।

ZenTravel

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा नारायणहिटी संग्रहालयलाई होटल बनाउने कुरा सुनिएको भन्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको जिज्ञासामा त्यहाँ कुनै होटल नबन्ने भट्टराईले स्पष्ट पारेका हुन्। उनले भने, 'नारायणहिटी दरबारमा कुनै होटल बन्दैनन्। कफीसपसम्म हुन सक्छ। त्यसलाई होटल भन्‍न नमिल्ला। नारायणहिटी संग्रहालय सोही मान्यताअनुसार चल्छ।'

नारायणहिटीमा होटल वा रिसोर्ट केही नबन्ने भट्टराईको भनाइ थियो। उनले पत्रकारहरूले गलत समाचार लेखेर त्यस्तो चर्चा गलेको सुनाए। उनले भने, 'कहिलेकाहीँ पत्रकारहरूले गलत सुइँको पाएर लेख्नुहुन्छ तर त्यस्तो होइन।'

सम्बन्धित समाचार

कोरोना भाइरसको प्रभाव नेपाल भ्रमण वर्षमा, चिनियाँ पर्यटकको विकल्प खोजिँदै

प्रकाशित : माघ २२, २०७६ १३:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । बुधबार बिहान ११ बजे त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा शर्माको निधन भएको भाइ लक्ष्मीनाथ शर्माले जानकारी दिए ।  

उनलाई केही समयदेखि मुटुमा समस्या थियो। यस्तै पछिल्लो समय रक्तचाप र पिसाबमा पनि समस्या देखिएको थियो। उपचारार्थ सहिद ग‌ंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा ५ दिन अगाडि भर्ना गरिएका शर्मालाई मंगलबार साँझमात्र उनलाई मनमोहन कार्डियो भस्कुलर सेन्टर, शिक्षण अस्पताल ल्याइएको थियो।

इलाममा २००४ साल जेठ १४ जन्मिएका शर्माले गोरखापत्रको संवाददाताका रुपमा पत्रकारिता सुरु गरेको थिए।नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धकसमेत रहेका शर्माले लोकप्रिय टेलिभिजन कार्यक्रम ‘विश्व घटना’ सञ्चालन गरेका थिए। उनको ‘बिनाराहदानीको विदेश यात्रा’, ‘छाल’ लगायतका पुस्तक प्रकाशित छन्।

उनको श्रीमती र २ छोरा छन्।

प्रकाशित : माघ २२, २०७६ १२:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×