कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

एमसीसी नेपालको हितमा छ : परराष्ट्रमन्त्री 

वीरेन्द्र केसी

गुल्मी — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाले नेपालको विकासका लागि दिएको सहयोग अनुमोदन हुने बताएका छन् । प्रेस संगठन गुल्मीले गरेको पत्रकार भेटघाटमा मन्त्री ज्ञवालीले आवश्यक सूचना, दस्तावेज र आवश्यक ज्ञानको अभाव भएका मान्छेहरुले एमसीसीको विरुद्धमा बोलिरहेको बताए । 

एमसीसी नेपालको हितमा छ : परराष्ट्रमन्त्री 

केही मान्छेले एमसीसीका बुँदाहरु पढ्दै नपढी विरोध गरिरहेको उनको भनाइ छ । एमसीसीमा कुनै पनि सैन्य रणनीति नजोडिएकाले नेपालको हितमा रहेको उनको तर्क छ ।


राष्ट्रको हित, विकासको आवश्यकता र मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई केन्द्रविन्दुमा राखेर छिटो पास गरिने ज्ञवालीले बताए ।


‘एमसीसीको विषयलाई लिएर बाहिर आइरहेका अनावश्यक अतिरञ्जित, अतिप्रायोजित कुराप्रति सरकार निकै सजग भएर अध्ययन गर्न लागिरहेको छ,’ मन्त्री ज्ञवालीले भने, ‘जसले एमसीसीको पुरा रुप जान्न सकेका छैनन् । तिनीहरुले नै त्यसको विरुद्धमा बोलेका छन् । यो कार्यक्रम ४९ वटा देशमा लागू भएको छ, यसको बारेमा अध्ययन गर्न आग्रह गर्छु ।’

प्रकाशित : माघ २१, २०७६ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?