१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

निलम्बित एसएसपी राणालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति 

सुनसरी — निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणाको मुद्दामा अनुसन्धानका लागि प्रहरीलाई सुनसरी जिल्ला अदालतले सोमबार ५ दिनको म्याद दिएको छ ।

निलम्बित एसएसपी राणालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति 

एक महिलामाथि जवर्जस्ती बलात्कार गरेको आरोप लागेका एसएसपी राणाको मुद्दामा अनुसन्धान गर्न सरकारी वकिलले १० दिनको समय मागेपनि अदालतले ५ दिन समय दिएको हो । सुनसरी जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेको इजलासले राणमाथि अनुसन्धान गर्न ५ दिनको समय दिएको हो ।


झापा बस्ने एक महिलाले राणाले आफुलाई इटहरीको एक होटलमा बोलाएर बलात्कार गरेको किटानी जोहेरी दिएपछि गृह मन्त्रालयले एसएसपी राणालाई गत शुक्रबार निलम्बन गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद शर्माले म्याद थप भएपछि राणालाई इनरुवास्थित जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको जानकारी दिए ।


अदालतबाट आइतबार पक्राउ आदेश जारी भएलगत्तै एसएसपी राणा आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए । उनलाई सरकारी वकिलको कार्यालय इनरुवा मार्फत सोमबार सुनसरी जिल्ला अदालत उपस्थित गराइएको थियो ।


म्याद थपपछि अदालत परिसरबाट बाहिरिदा राणाले आफुमाथि झुटो आरोप लगाइएको र केहिदिन भित्र सबै सत्य तथ्य बाहिर आउने प्रतिक्रिया दिएका थिए । उनी धरानस्थित संघीय प्रहरी इकाई कार्यालय प्रमुखका रुपमा कार्यरत थिए ।

यो पनि :

यौन दुर्व्यवहार आरोपी निलम्बित एसएसपी राणाद्वारा आत्मसमर्पण

एसएसपी शौरभ राणा निलम्बित

प्रकाशित : माघ २०, २०७६ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?