२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नेकपाको आकाश सफा र धरती उर्वर छ : भट्टराई

रासस

दमौली — नेकपा स्थायी समिति सदस्य एव‌ं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपाको आकाश सफा र धरती उर्वर रहेको बताएका छन् । नेकपा तनहुँले सोमबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलामा भट्टराईले पार्टी एकीकरणलाई भावनात्मक बनाउन आइतबार सम्पन्न केन्द्रीय समिति बैठक सफल भएको बताए ।

नेकपाको आकाश सफा र धरती उर्वर छ : भट्टराई

बैठकले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउन सफल भएको उनको दाबी छ । ‘बैठक अगाडि नेकपाको आकाशमा केही बादलहरु थिए, हावाहुरी पनि चलेको थियो,’ मन्त्री भट्टराईले भने, ‘बैठकले ती बादलहरु सफा गरिदिएको छ, नेकपाभित्र अब हावाहुरी चल्नेवाला छैन, नेकपाको आकाश सफा छ, धरती उर्वर छ ।’


केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको उनको भनाइ छ । सरकार गलत बाटोमा नरहेको उनको जिकिर छ । मन्त्री भट्टराईले भने, ‘सरकारको बाटो सही हुँदाहुँदै पनि कहिलेकाहीँ अप्ठ्यारा बाटो आउँछ, अवरोध आइपर्छ, त्यस्ता अवरोध हटाउँदै अगाडि बढ्नुपर्छ ।’


भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई कुशल र अनुभवी पाइलटको सङ्ज्ञा दिँदै उनी नेतृत्वको सरकारको जहाजले सही अवतरण गर्ने दाबी गरे ।

केन्द्रीय समिति बैठकले तीनमहिने अभियान घोषणा गरेको भन्दै उनले उक्त अभियानमा सबै नेताहरु गाउँ फर्कने र कार्यकर्ताको समस्या सुन्ने बताए ।

प्रकाशित : माघ २०, २०७६ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?