३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेकपा सचिवालयमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउने अध्यक्ष दाहालको प्रतिबद्धता

'बामदेवलाई केन्द्रीय समितिले उपाध्यक्ष स्वीकार गर्‍यो'
जयसिंह महरा

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको स्थायी समिति र सचिवालयमा विधान बमोजिम महिलाको उपस्थिति ३३ प्रतिशत पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेकपा सचिवालयमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउने अध्यक्ष दाहालको प्रतिबद्धता

नेकपाको जारी केन्द्रीय समिति बैठकमा १५ वटा समूहबाट उठेका प्रश्‍नको जवाफ दिने क्रममा अध्यक्ष दाहालले पार्टी समितिहरुमा महिलाको उपस्थिति ३३ प्रतिशत पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए ।

राईका अनुसार अध्यक्ष दाहालले बैठकमा केन्द्रीय सदस्यहरुबाट आएका आलोचनालाई स्वीकार गर्दै भविष्यमा पार्टीमा आलोचना आउन नदिने र कार्यकर्ताको कुरा सुनेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए । नेकपामा अहिले नौ सदस्सीय सचिवालमा एक जना पनि महिला छैनन् । यस्तै ४४ जनाको स्थायी समितिमा २ जना मात्रै महिला छन् ।


यसैबीच नेकपाको केन्द्रीय समितिले बामदेव गौतमलाई उपाध्यक्ष स्वीकार गर्ने निर्णय गरेको केन्द्रीय सदस्य राईले जानकारी दिए । केन्द्रीय सदस्य राईले गौतमलाई उपाध्यक्ष बनाउनका लागि सचिवालयले लगेको प्रस्तावमा केन्द्रीय समिति बैठकमा कसैले पनि विरोध नगरेकाे बताए । बैठकमा तल्लो तहका समितिहरुमा बहुपद राख्नुपर्ने माग उठेको राईले जानकारी दिए ।


नेकपाको जारी बैठकमा अध्यक्ष दाहालले १५ वटा समूहबाट उठेका प्रश्नहरुको जवाफ दिइरहेको उनले बताए ।

प्रकाशित : माघ १९, २०७६ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?