कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुरको बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी

प्रशान्त माली

काठमाडौँ — ललितपुर महानगरपालिका-२, बखुण्डोलस्थित एक कवाडी गोदाममा ठूलो आगलागी भएको छ । आइतबार बिहान लगभग सवा ११ बजे आगलागी सुरु भएको थियो । आगलागीमा परी ५ जना घाइते भएका छन् ।

ललितपुरको बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी

ललिपुर महानगरपालिका, काठमाडौं महानगरपालिका र नेपाली सेनाको दमकलले आगलागी नियन्त्रणमा लिएका थिए ।


उक्त कवाडी गोदामका संचालक सीतामडी घर भइ सानेपा बस्ने नन्दप्रसाद जैसवाल पनि घाइते भएका छन् । आगलागी सुरु भएपछि भाग्ने क्रममा उनको खुट्टा काटेको बताइएको छ । यस्तै मोतिहारी घर भइ सानेपा बस्ने ४५ वर्षका धर्मनाथ जैसवालको भने तिघ्रा र खुट्ट जलेको छ । दुवैको किर्तिपुरको बर्न अस्पताल उपचार भइरहेको छ । अन्य तीनजना भने सामान्य घाइते मात्रै भएको बताइएको छ ।

उक्त कवाडी गोदाममा ठूलो संख्यामा म्याद सकिएका बडी स्प्रेहरु रहेको र त्यही लिक भएर पड्किँदा आगलागी भएको अनुमान प्रहरीले गरेको छ ।

प्रकाशित : माघ १९, २०७६ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?