कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

संसदलाई कसरी जीवन्त बनाउने भन्नेमा केन्द्रित छु : सभामुख

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त बनाउने विषयमा ध्यान केन्द्रित गरेको बताएका छन् ।

संसदलाई कसरी जीवन्त बनाउने भन्नेमा केन्द्रित छु : सभामुख

संसदीय मामिलामा पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले सदनमा जीवन्त छलफलको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् उनले भने, संसदलाई कसरी जीवन्त बनाउने, जीवन्त छलफल भयो भने छलफलको राम्रो वातावरण बनाउन सकियो भने सबैलाई राम्रो गर्छ सांसदहरूको योग्यता,क्षमतामा पनि अभिवृद्धि गर्छ

सभामुख सापकोटाले आफू दोहोरो मापदण्डमा चल्ने व्यक्ति नभएको बताए उनले भने,‘मलाई कुनै कुरा मन नपर्ने के भनेर तपाई हरुले सोध्नुभयो भने सेकेन्ड पनि ढिलो नगरी के भन्छु भने मलाई मन नपर्ने कुरा डबल स्ट्यान्डर्ड हो

मानिसले हरेक पटक सम्झौता गर्नुपर्ने भएकाले आफूले सम्झौता गरेपनि सम्झौतावादी भने नहुने उनले बताए सम्झौता हुन्छ तर सम्झौतावादी चाहिँ हुनु हुँदैन मलाई लाग्छ कि सम्झौता पाइला पाइलामा हुन्छ, क्षण क्षणमा हुन्छ तर सम्झौतावादी चाहिँ हुनु हुँदैन

प्रकाशित : माघ १६, २०७६ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?